कांग्रेसले जितेका पालिका सुशासनमा अब्बल

कांग्रेसले जितेका पालिका सुशासनमा अब्बल

एमालेले जितेका कमजोर


ग्लोब नेपाल
810
Shares

काठमाडौं । स्थानीय निर्वाचनको मिति नजिकिंदै गर्दा आम मतदातामा कुन पार्टीलाई रोज्ने भन्ने जिज्ञासा बढ्दै गएको छ । २०७४ सालमा भएको स्थानीय तहको चुनावबाट निर्वाचित जनप्रतिनिधिहरुले पाँच वर्ष स्थानीय सरकारका नेतृत्व गरिसककोले मतदाताहरुले धेरथोर त आफ्ना प्रतिनिधिहरुलाई चिनिसकेका छन र सबन्धित पार्टीका बारेमा आफ्ना धारणा पनि बनाएका छन् । तर समग्र दशका अवस्थाबाट भने आम मतदाता अनविज्ञ नै छन् ।

सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै आर्थिक वर्ष २०७७-७८ मा विभिन्न दश वटा मानकमा देशभरका पालिकाहरुको संस्थागत स्वमूल्यांकनको नतिजा सार्वजनिक गरेको छ । यो नतिजाले सुशासनका दृष्टिले नेपाली कांग्रेसका प्रतिनिधिहरुको नेतृत्वमा रहेका पालिकाहरु अगाडि देखिएको छ । पालिकाहरुले आफैले भरेको सूचकका आधारमा निकालिएको यो नतिजा निकै भरपर्दो मानिएको छ ।

मन्त्रालयले १० वटा मानकका आधारमा यो मूल्यांकन गराएको थियो ।जसमा शासकीय प्रबन्ध,संगठन र प्रशासन,बार्षिक योजना तथा बजेट व्यवस्थापन,वित्तीय एवम् आर्थिक व्यवस्थापन,सेवा प्रवाह,न्यायिक कार्य सम्पादन,भौतिक पूर्वाधार,समाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन र सहकार्य तथा समन्वय रहेका थिए ।

मन्त्रालयले तयार पारेको उत्कृष्ट १० र कमजोर १० लाई आधार मान्दा नेपाली कांग्रेसले जितेका पालिकाहरु सुशासनका दृष्टिले अब्बल देखिएका छन् भने एमालेले जितेका पालिकाहरु बढी कमजोर देखिएका छन् ।

उत्कृष्ट १०मा काग्रेसले जितेका ६ पालिका
मन्त्रालयले तयार पारको उत्कृष्ट १० पालिकामा नीलकण्ठ नगरपालिका धादिङ, वालिङ नगरपालिका स्याङ्जा, म्याग्दे गाउँपालिका तनहँु, लमही नगरपालिका दाङ, कैलारी गाउँपालिका कैलाली, बुङ्दीकाली गाउँपालिका नवलपरासीपूर्व,जगदुल्ला गाउँपालिका डोल्पा, खार्पुनाथ गाउँ पालिका हुम्ला,कालिका नगरपालिका चितवन,वाफिकोट गाउँपालिका पश्चिम रुकुम रहेका छन ।

नेपाली कांग्रेसका भीमप्रसाद ढुंगानाले नेतृत्व गर्नुभएको धादिङ्को नीलकण्ठ नगरपालिकाले वित्तीय सुशासनमा शतप्रतिशत ११ अंक सहित १०० प्राप्तांकमा ९७ प्राप्त गरेको थियो । संस्थागत स्वमूल्यांकनमा यसले सर्वोच्च स्थान हासिल गर्यो ।

दोस्रो स्थानमा पनि नेपाली कांग्रेसले नै नेतृत्व गरेको वालिङ नगरपालिका रहेको छ । नेपाली कांग्रेसका दिलिपप्रताप खाँड प्रमुख रहनुभएको वालिङले वित्तीय सुशासनमा ११ अंकमा शतप्रतिशत हासिल गरी समग्रमा ९५ अंक प्राप्त गरेको छ ।

संस्थागत स्वमूल्यांकनको तेस्रो स्थान पनि नेपाली कांग्रेसले नेतृत्व गरेको पालिकाले ओगटेको छ । नेपाली कांग्रेसबाट निर्वाचित मायादेवी राना आलेले नेतृत्व गर्नुभएको तनहुँको म्याग्दे गाउँपालिकाले वित्तीय सुशासनमा शतप्रतिशत नतिजा ल्याउदै समग्रमा ९१.५ अंक हासिल गरेको छ ।

नेपाली कांग्रेसका भीमप्रसाद ढुंगानाले नेतृत्व गर्नुभएको धादिङ्को नीलकण्ठ नगरपालिकाले वित्तीय सुशासनमा शतप्रतिशत ११ अंक सहित १०० प्राप्तांकमा ९७ प्राप्त गरेको थियो । संस्थागत स्वमूल्यांकनमा यसले सर्वोच्च स्थान हासिल गर्यो ।

संस्थागत स्वमूल्यांकनमा नवलपरासी पूर्वको बुङ्दीकाली गाउँपालिकाले छैठौ स्थान हासिल गरेको छ । नेपाली कांग्रेसबाट निर्वाचित दुर्गाबहादुर राना अध्यक्ष रहनुभएको यस गाउँपालिकाले पनि वित्तीय सुशासनमा शतप्रतिशत अंक हासिल गरेको छ भने समग्रमा ८० अंक ।

नेपाली कांग्रेसका प्रतिनिधिहरु अन्य पार्टीको तुलनामा जनताको सेवा गर्न वित्तीय अनुशासन कायम गर्न पनि अब्बल रहेछन भन्ने कुरा कर्णालीको पनि अति दुर्गम मानिने हुम्लाले देखाएको छ । नेपाली कांग्रेसबाट निर्वाचित हुनुभएका कर्णबहादुर रावलले नेतृत्व गर्नुभएको हुम्लाको खार्पुनाथ गाउँपालिकाले वित्तीय सुशासनमा शतप्रतिशत अंक सहित कूल ७६.७५ अंक ल्याएको छ ।खार्पुनाथ उत्कृष्ट १०को आठौं स्थानमा छ ।

उत्कृष्ट १० को १० औं स्थानमा पश्चिम रुकुमको बाफिकोट गाउँपालिका परेको छ । नेपाली कांग्रेसबाट अध्यक्षमा निर्वाचित जनककुमार बाँठाको नेतृत्वमा रहेको बाफिकोटले वित्तीय सुशासनमा शतप्रतिशत ११ अंकसहित कूल प्राप्तांकमा ७४.२५ अंक हासिल गरेको छ ।

एमालेभन्दा माओवादीका राम्रा
संस्थागत स्वमूल्यांकनको उत्कृष्ट १० र कमजोर १० को सूचिले नागरिकको सेवा र वित्तीय अनुशासन कायम गर्ने मामलामा नेकपा एमालेभन्दा नेकपा माओवादीका प्रतिनिधि इमान्दार भएको देखाएको छ ।

संस्थागत सुशासनको उत्कृष्ट १० को सूचीमा माओवादीले जितेका तीन पालिका परेका छन् । नेकपा माओवादी केन्द्रका कुलबहादुर खत्री क्षेत्रीले प्रमुख रहनुभएको दाङको लमही नगरपालिका वित्तीय सुशासनमा ११ अंक हासिल गरेको छ भने समग्रमा ८१.७५ अंक । लमही उत्कृष्ट १० को चौथो स्थानमा रहेको छ ।

यस्तै माओवादी केन्द्रकै लाजुराम चौधरीले अध्यक्ष जित्नुभएको कैलालीको कैलारी गाउँपालिका उत्कृष्ट १० को पाँचौ स्थानमा परेको छ । यो गाउँपालिकाले वित्तीय सुशासनमा शतप्रतिशत ११ अंक ल्याएको छ भने समग्रमा ८०.५ अंक ।

नेकपा माओवादीकै नारासिं रोकायले अध्यक्ष जित्नुभएको डोल्पाको जगदुल्ला गाउँपालिका उत्कृष्ट १० को सातौ स्थानमा रहेको छ । जगदुल्लाले वित्तीय सुशासनमा ११ अंक पाएको छ भने समग्रमा ७९.२५ ।

संस्थागत स्वमूल्यांकनको उत्कृष्ट १० को सूचिमा नेकपा एमालेका जनप्रतिनिधि प्रमुख रहेको एकमात्र पालिका अटाएको छ, त्यो हो चितवनको कालिका नगरपालिका । यस नगरपालिकामा एमालेबाट खुमनारायण श्रेष्ठ प्रमुखमा निर्वाचित हुनुभएको थियो । कालिका नगरपालिकाले वित्तीय सुशासनमा ११ अंक ल्याएको छ भने कुल प्राप्तांकमा ७६.७५ । कालिका नगरपालिका उत्कृष्ट १० को नवौं स्थानमा रहेको छ ।

कमजोरमा ५० प्रतिशत एमाले नेतृत्वका पालिका
संस्थागत स्वमूल्यांकनले के तथ्य स्पष्ट पारेको छ भने नेकपा एमालेले जितेका स्थानीय तहहरु संस्थागत सुशासनका दृष्टि निकै कमजोर रहेछन् । मन्त्रालयले तयार पारेका कमजोर १० वटा नगरपालिकामा ५ वटा पालिका नेकपा एमालेबाट निर्वाचित प्रतिनिधिहरुले नेतृत्व गरेका परेका छन् ।

संस्थागत सुशासन सबैभन्दा कमजोर संखुवासभाको मकालु गाउँपालिका रहेको छ । यो गाउँपालिकाले संस्थागत सुशासनको कूल १०० अंकमा जम्मा १०.२५ अंक हासिल गरेको छ भने वित्तीय सुशासनको ११ अंकमा शुन्य अंक । यस गाउँपालिकाको नेतृत्व पाँच बर्ष नेकपा एमालेबाट निर्वाचित खड्कबहादुर कटुवालले गर्नुभएको थियो ।

नेकपा एमालेका विदुर हुमागाईले पाँच वर्ष नेतृत्व दिनुभएको मकवानपुरको कैलाश गाउँपालिका कमजोरमध्ये तेस्रो स्थानमा छ । यो गाउँपालिकाले वित्तीय सुशासनको ११ अंकमा १ अंक पाएको छ भने कुल १०० प्राप्तांकमा ३९.७५ ।

नेकपा एमालेकै उब्जनबहादुर शाही अध्यक्ष रहनुभएको मुगुको खत्याड. गाउँपालिका कमजोर पालिकाको सातौं स्थानमा रहेको छ । यस पालिकाले वित्तीय सुशासनमा २ अंक पाएको छ भने कुल १०० प्राप्तांकमा ४५.७५ अंक ।

कमजोर १० को नवौं र १०औं स्थान पनि नेकपा एमालेले जितेका जितपुर सिमरा उपमहानगरपालिका बारा र तलकोट गाउँपालिका बझाड.ले ओगटेका छन् । एमालेका डा. कृष्णप्रसाद पौडेलले नेतृत्व गर्नुभएको जितपुर सिमरा उपमहानगरपालिकाले वित्तीय सुशासनको ११ अंकमा ७.२५ पाएको छ भने कूल १०० प्राप्तांकमा ४५ मात्र पाएको छ ।

एमालेकै लालबहादुर विष्ट अध्यक्ष रहनुभएको तलकोट गाउँपालिकाले वित्तिय सुशासनमा ५.७५अंक पाएको छ भने कुल प्राप्तांकमा २९.७५ ।

कमजोर १०को सूचीमा नेकपा माओवादी केन्द्रले नेतृत्व गरेका दुई नगरपालिका परेका छन् ।माओवादी केन्द्रका अशोककुमार मण्डल प्रमुख रहनुभएको महोत्तरीको रामगोपालपुर नगरपालिका वित्तीय सुशासनमा ०.५ अंक पाएको छ भने कुल प्राप्तांकमा १६.७५ । रामगोपलपुर नगरपालिका कमजोरको दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै माओवादी केन्द्रका शेष फारुकले पाँच बर्ष नेतृत्व दिनुभएको महोत्तरीकै साम्सी गाउँपालिका कमजोर १० को छैठौं स्थानमा रहेको छ । साम्सीले वित्तीय अनुशासनमा २ अंक पाएको छ भने कुलमा १५.२५ ।

कमजोर १० को सूचीमा नेपाली कांग्रेस,संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालले नेतृत्व जितेका एक एक पालिका परेका छन् ।

नेपाली कांग्रेसका रामआश्रय साहले अध्यक्ष जित्नुभएको सर्लाहीको धनकौल गाउँपालिकाले वित्तीय सुशासनमा १.५ अंक पाएको छ भने कुल प्राप्तांकमा ११. २५ । यो पालिका कमजोर १० को चौथो नम्बरमा रहेको छ ।

त्यस्तै संघीय समाजवादी फोरमका विजयकुमार चौरसियाले पाँच बर्ष नेतृत्व दिनुभएको पकाहा मैनापुर गाउँपालिका कमजोर १० को पाँचौ स्थानमा छ । यसले वित्तीय सुशासनमा २ अंक पाएको छ भने कुल प्राप्तांकमा २०.७५ ।

राष्ट्रिय जनता पार्टी नेपालका हरिप्रसाद मण्डल प्रमुख रहनुभएको महोत्तरीको मटिहानी नगरपालिका कमजोर सुशासनको आठौं स्थानमा छ । यसले वित्तीय सुशासनमा ३.५ अंक पाएको छ भने कुल प्राप्तांकमा १४.५ ।