मदनभण्डारी स्वास्थ्य प्रतिष्ठानका उपकूलपति निलम्बित

मदनभण्डारी स्वास्थ्य प्रतिष्ठानका उपकूलपति निलम्बित


ग्लोब नेपाल
297
Shares

काठमाडौं । बागमती प्रदेश सरकारले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति प्राडा विश्वराज जोशीलाई निलम्बन गरेको छ । पदीय जिम्मेवारी पूरा नगरेको आरोपमा छानबिन गर्नका लागि उनलाई निलम्बन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव यमलाल भुषालले जानकरी दिए ।

प्रतिष्ठानका एक चौथाई सदस्यले उपकूलपति डा. जोशीले जिम्मेवारीपूर्वक काम नगरेकोलगायत विषयमा लिखित निवेदन दिएपछि छानबिनका लागि उनलाई निलम्बन गरिएको बताइएको छ ।

मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ को उपदफा( ३) बमोजिम छानबिनका लागि उपकूलपति प्राडा जोशी स्वतः निलम्बनमा परेको सचिव भुषालको भनाइ छ । प्रा.डा जोशी २०७७ साउन १६ गते चार वर्षका लागि उपकूलपतिमा नियुक्ति भएका थिए ।