लम्कीचुहा प्रमुखमा कांग्रेसका सुशीलालाई आधिकारिकता

लम्कीचुहा प्रमुखमा कांग्रेसका सुशीलालाई आधिकारिकता


ग्लोब नेपाल
297
Shares

धनगढी । कैलालीको लम्कीचुहा नगरपालिकाको प्रमुखमा कांग्रेसबाट दुई जनाको उम्मेदवारी परेकोमा सुशीला शाहीले आधिकारिकता पाएकी छन् । लम्कीचुहा नगरपालिकाको मेयरमा कांग्रेसका शाही र भक्तबहादुर थापाले उम्मेदवारी दिएका थिए ।

दुवैले आफू आधिकारिक रहेको बताए पनि निर्वाचन अधिकृतले भने शाहीलाई आधिकारिकता दिँदै भक्तबहादुर थापाको उम्मेदवारी रद्द गरेको हो ।

लम्कीचुहा नगरपाकिलाका निर्वाचन अधिकृत हिरालाला चौधरीले शाहीको उम्मेदवारी आधिकारिक भएको भन्दै कांग्रेसले जनाकारी दिएपछि थापाको उम्मेदवारी रद्द गरिएको जानकारी दिए ।