पोखरा । पोखरा महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका कांग्रेसका विमल कार्कीले मनोनयन फिर्ता लिएनन् । कांग्रेस तथा गठबन्धनको निर्देशनविपरीत उनले मनोनयन फिर्ता नलिएका हुन् । कांग्रेसले आफ्ना बागी उम्मेदवारलाई मनोनयन फिर्ता लिन निर्देशन दिएको थियो । तर, उनले जानीजानी फिर्ता नलिएको बताएका छन् ।
निर्वाचन आयोगले शुक्रबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन फिर्ता लिन समय दिएको थियो । तर, कांग्रेस पोखराका पूर्वसभापति समेत उनले आफ्नो उम्मेदवारी फिर्ता लिएनन् । उनले गठबन्धन कुनै हालतमा स्वीकार्ने बताउँदै आएका थिए । तर, पोखरा मेयरमा दिएको उम्मेदवारी कांग्रेसकै नन्दप्रसाद तिवारी र ऋषि सापकोटाले फिर्ता लिएका छन् ।
प्रतिक्रिया