सिन्धुलीमा बलेरो दुर्घटना: तीन जनाको मृत्यु

सिन्धुलीमा बलेरो दुर्घटना: तीन जनाको मृत्यु


ग्लोब नेपाल
243
Shares

सिन्धुली । तीनपाटन गाउँपालिका–१ नक्कलेमा भएको बलेरो दुर्घटनामा तीनजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । घाइतेहरुको उद्धार गरी वेलघारी स्वास्थ्य चौकीमा लगिएकामा त्यहाँ उपचार हुन नसकेपछि सिन्धुली अस्पतालमा ल्याइएको छ ।

सातजना घाइतेमध्ये कर्णबहादुर विक, तुल्सिराम पहाडी र चालक राजु खत्रीलाई थप उपचारका लागि भर्खरै सिन्धुली अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिनुभयो । अन्य घाइतेको बेलघारी स्वास्थ्य चौकीमा उपचार भइरहेको र उहाँहरूको पनि सिन्धुली अस्पताल ल्याउने तयारी भइरहेको लामाले जानकारी दिनुभयो ।

दुर्घटनामा तिनपाटन गाउँपालिका–९ आम्बोटेका अन्दाजी ५२ वर्षीय रामजी भण्डारी, कमलामाई नगरपालिका–७ घर भएकी रूपा मगर र काले भनिने तीर्थ परियारको घटनास्थलमा नै मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

बलेरोमा हालसम्म सातजना घाइते र तीन मृतक गरी १० जना सवार रहेको उहाँले बताउनुभयो । सडकबाट तल खोल्सामा गाडी खसेको र गाडीमुनि मानिस थिचिएको छ कि उहाँले भन्नुभयो । दुर्घटनास्थलबाट गाडी निकाल्न नसकिएको जानकारी दिनुभयो । गाडी निकाल्ने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो ।

सिन्धुलीबाढीबाट तीनपाटन गाउँपालिकाको चकमकेतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ०७५६ नंको सिङ्गलक्याप पिकअप बलेरो दुर्घटना भएको थियो । उकालोमा ब्रेक फेल भएर दुर्घटना भएको आशङ्का प्रहरीले गरेको छ ।