आईजीपी थापा क्षेत्रीको बिदाइ भोलि आइतबार

आईजीपी थापा क्षेत्रीको बिदाइ भोलि आइतबार


ग्लोब नेपाल
324
Shares

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले भोलिबाट अवकास लिने भएका छन् । उनको बैशाख १९ गते सोमबारबाट कार्यकाल सकिँदै थियो । थापा क्षेत्रीलाई भोलि नै प्रहरी प्रधान कार्यालयले बिदाइ कार्यक्रम राखेको छ ।

नयाँ आईजीपीले अवकास लिइँदै गरेका आईजीपीको बिदाइ गर्ने नेपाल प्रहरीमा परम्परा छ । भोलि बिहान बस्ने मन्त्रिपरिषद्को बैठकले नयाँ आईजीपी नियुक्त गर्ने बताइएको छ ।

भोलि आइतबार प्रहरी प्रधान कार्यालय खेल मैदानमा अपरान्ह ४ः३० बजे आईजीपी थापा क्षेत्रीको सम्मान बिदाइ कार्यक्रम राखिएको छ । बिदाइ कार्यक्रममा नेपाली प्रहरी श्रीमति संघ तथा वरिष्ठ प्रहरी अधिकृत, सलामी तथा बैन्ड टोली, सेरेमोनियल तथा जुनियर प्रहरी अधिकृत तथा जवानलाई कार्यालय पोशकमा उपस्थित हुन निर्देशन दिइसकिएको छ ।