युरोप जाने क्रममा ३ हजारभन्दा बढीको मृत्यु

युरोप जाने क्रममा ३ हजारभन्दा बढीको मृत्यु


ग्लोब नेपाल
216
Shares

जेनेभा । गत वर्ष युरोप जाने क्रममा भूमध्यसागर र एट्लान्टिकमा ३,००० भन्दा बढी व्यक्तिको मृत्यु वा बेपत्ता भएका संयुक्त राष्ट्रसंघले जनाएको छ । यो संख्या सन् २०२० को तुलनामा दोब्बर हो । गत वर्ष भूमध्यसागर र एट्लान्टिक मार्गहरू पार गर्ने क्रममा ३ हजार ७७ जना हराएका थिए । जवकी सन् २०२० मा यो संख्या १५४४ थियो ।

यस वर्षको सुरुदेखि अहिलेसम्म थप ४७८ व्यक्तिहरूको समुद्रमा मृत्यु भएको वा बेपत्ता भएका शरणार्थीहरुका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर)का प्रवक्ता साबिया मन्टुले जेनेभामा पत्रकारहरूलाई जानाकारी दिए ।

राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकाय यूएनएचसीआरको पछिल्लो प्रतिवेदनले शरणार्थी र युरोप पुग्न खोज्ने अन्य आप्रवासीहरूबीच बढ्दो मृत्युलाई रोक्न तत्काल कदम चाल्न माग गरेको छ ।