स्पेनिस लिगको उपाधि रियल मड्रिडलाई

स्पेनिस लिगको उपाधि रियल मड्रिडलाई


ग्लोब नेपाल
216
Shares

मड्रिड । रियल मड्रिडले किर्तीमानी ३५ औं पटक स्पेनिस लिग फुटबल ‘ला–लिगा’ को उपाधि जितेको छ । शनिबार राति भएको खेलमा इस्पानियोललाई ४–० ले हराउँदै रियलले उपाधि जितेको हो ।

खेलमा रियललाई विजयी गराउन रोड्रिगोले दुई गोल गर्दा मार्को एसेन्सीयो र करिम बेन्जमाले एक एक गोल थपे । रोड्रिगोले खेलको ३३ औं मिनेटमा र ४३ औं मिनेटमा गोल गरेका थिए भने मार्कुस एसेन्सियोले ५५ औं मिनेटमा र करिम बेन्जमाले ८१ औं मिनेटमा गर्दै रियललाई ४–० को जित दिलाएका थिए ।

यो जितसँगै रियल मड्रिडले सिजनमा चार खेल खेल्न बाँकी छँदै उपाधि सुरक्षित गरेको हो । रियलले दोस्रो स्थानको सेभियासँग १७ अंकको अग्रता बनाएको छ । लिगमा ३४ खेलबाट रियल मड्रिडको ८१ अंक छ भने सेभियाको ६४ अंक छ । एक खेल कम खेलेको बार्सिलोना ६३ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

यसैबीच, रियल मड्रिडका इटालीयन प्रशिक्षक कार्लो एन्सेलोटी युरापका शिर्ष पाँच देशमा लिग जित्ने पहिलो प्रशिक्षक बनेका छन् । रियललाई स्पेनिस लिग जिताएका एन्सेलोटीले चेल्सीलाई इंग्लिस प्रिमियर लिग, एसी मिलानलाई इटालीयन सिरी ‘ए’, पेरिस सेन्ट जर्मेन (पि.एस.जी) लाई फ्रेन्च लिग र बायर्न म्युनिखलाई जर्मन बुन्डेस लिगा जिताइसकेका छन् ।