मेलम्ची पानी आजबाट वितरण

मेलम्ची पानी आजबाट वितरण


ग्लोब नेपाल
189
Shares

काठमाडौं । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले आज (आइतबार) देखि मेलम्चीको १७ करोड लिटर पानी वितरण गर्ने भएको छ ।

मेलम्ची आयोजनाबाट आउने १७ करोड लिटर पानी आइतबार दिउँसोदेखि वितरण प्रणालीमा पठाइने केयुकेएलले जनाएकाे छ । आइतबार बिहान ११ बजेसम्म सर्वसाधारणको धारामा मेलम्चीको पानी पुगिसक्नेछ ।

गत वैशाख ११ गते मिन भवनबाट मेलम्चीको पानी आंशिक रूपले वितरण सुरु भएको थियो । वितरण प्रणालीमा १७ करोड लिटर पानी पठाएसँगै अब बाँकी क्षेत्रमा पनि वितरण सुरु हुने भएको हो । मेलम्चीको १७ करोड लिटर पानी थपिएसँगै अब उपत्यकामा २७ करोड लिटर पानी वितरण हुने केयुकेएलले जनाएकाे छ ।