अभिनेत्री ज्याकलिनको ७ करोड २७ लाखको सम्पत्ति जफत

अभिनेत्री ज्याकलिनको ७ करोड २७ लाखको सम्पत्ति जफत


ग्लोब नेपाल
216
Shares

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसको ७ करोड २७ लाख भारु जफत भएको छ । मनी लन्ड्रिङ केसमा छानबिनको क्रममा रहेकी उनको प्रवर्तन निर्देशनालय (इडी) ले उक्त रकम जफत गरेको हो ।

२०० करोड भारुको सम्पत्ति शुद्धीकरणको मामिलामा इडीले अभिनेत्री ज्याकलिनविरुद्ध ठूलो कारवाही सुरु गरेको हो । यसअघि ५ डिसेम्बर सन् २०२१ मा देशबाहिर जाने प्रयास गरिरहेकी नायिकालाई मुम्बईको विमानस्थलमा रोकिएको थियो । उनीविरुद्ध इडीले देश छोडेर जान नपाउने गरि नोटिस जारी गरेको छ ।

इडीले अभिनेत्रीविरुद्ध थुप्रै प्रमाण जुटाएको छ । इडीले अभिनेत्री ज्याकलिन र २५० करोड ठगीमा संलग्न रहेका सुकेश चन्द्रशेखरबीच सम्बन्ध रहेको बताएको छ । सुकेशले ज्याकलिनलाई महङ्गो सुन र हिराको उपहार दिएको र ५२ लाखको एउटा घोडा र ९–९ लाखका चार पर्सियन बिरालो समेत उपहारमा दिएका थिए ।

ज्याकलिनसँग इडीले तीनपटक सोधपुछ पनि गरिसकेको छ । इडीको अनुसार चन्द्रशेखरले नायिकामाथि करिब १० करोड भारतीय रुपैयाँ खर्च गरेका थिए । दिल्लीबाट मुम्बई र यहाँबाट चेन्नई जाने चार्टर्ड विमानको व्यवस्था पनि सुकेशले गराएका थिए । ज्याकलिन पाँच तारे होटलमा बसेको खर्च पनि सुकेशले नै व्यवहोरेका थिए ।

सुकेश चन्द्र शेखरले यस अघि नै ज्याकलिनसँग आफ्नो सम्बन्ध रहेको भन्दै एउटा फोटो समेत सार्वजनिक गराएका थिए । तर, ज्याकलिन ले भने आफूहरू सम्बन्धमा नभएको भन्दै अस्वीकार गर्दै आइरहेकी थिइन् ।