माओवादी केन्द्रका आधिकारिक र बागी उम्मेदवारहरूबिच झडप, ६ जना घाइते

माओवादी केन्द्रका आधिकारिक र बागी उम्मेदवारहरूबिच झडप, ६ जना घाइते


ग्लोब नेपाल
162
Shares

रुकुम पश्चिम । माओवादी केन्द्रका आधिकारिक र बागी उम्मेदवारहरूबिच झडप हुँदा ६ जना घाइते भएका छन् । त्रिवेणी गाउँपालिका–१, मा माओवादी केन्द्रबाट उम्मेदवार बनेका लक्ष्मण ओली र बागी उम्मेदवार सुन्दर ओली पक्षधरबिच झडप हुँदा उनीहरू घाइते भएका हुन् ।

घाइते हुनेमा धर्मेन्द्र सुनार, जीवन पुन, टिकाजंग मल्ल, बलबहादुर पुन, चेतन केसी र यमबहादुर पुन छन् । घाइतेमध्ये धर्मेन्द्र, जीवन र टिकाजंगको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । मङ्गलवार बिहान दुई पक्षबिच झडप भएको प्रहरीले जनाएको छ । घाइते तीनैलाई नेपालगन्जस्थित कोहलपुर मेडिकल कलेजमा पठाइएको छ ।