राहुल गान्धी उदासको पाहुना

राहुल गान्धी उदासको पाहुना


ग्लोब नेपाल
1.3k
Shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) संस्थापक महासचिव भीम उदासको छोरी सुम्निमा उदासको विवाहमा भारतीय कांग्रेस आई नेता राहुल गान्धी विशेष पाहुनाका रुपमा नेपाल आएका छन् । जेड प्लस सुरक्षा लिएर नेपाल आएका गान्धी कमलपोखरीस्थित होटल मेरिटमा बसेका छन् । उनी बिहीबार मात्र दिल्ली फर्किने कार्यक्रम छ ।

एनआरएनए संस्थापक महासचिव उदास पूर्वराजदूतसमेत हुन् । छोरी सुम्निमा लामो समय अमेरिकी समाचार संस्था सीएनएनमा काम गरेकी थिइन् । सन् २०१० देखि २०१७ सम्म उनले सीएनएनका लागि दिल्लीबाट रिपोर्टिङ गरेकी थिइन् । त्यसअघि र पछि पनि उनले सीएनएनको विभिन्न जिम्मेवारीमा रहेर काम गरेको प्रोफाइलबाट खुल्छ ।

उनी हाल लुम्बिनी संग्रहालयकी संस्थापक तथा कार्यकारी निर्देशक रहेकी छन् । दिल्लीमा रहेर पत्रकारिता गर्ने क्रममा गान्धी र उदासबीच मित्रता रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।