गोबिन्द बल्लभ पन्त नेफ्सा एवार्ड २०२१ को घोषणा

गोबिन्द बल्लभ पन्त नेफ्सा एवार्ड २०२१ को घोषणा


ग्लोब नेपाल
648
Shares

काठमाडौं । प्रत्येक बर्ष त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयका बि.टेक.खाद्य प्रबिधिमा अध्य्यनरत उत्कृष्ट विद्यार्थीलाई प्रदान गरिने गोबिन्द बल्लभ पन्त नेफ्सा अवार्ड बर्ष सन २०२१ का लागि दिक्षा शिल्पकार र भावना हुमागाईलाई प्रदान गरिने भएको छ ।

गोबिन्द बल्लभ पन्त नेफ्सा अवार्ड ट्रस्टका तर्फबाट अध्यक्ष हिक्मत थापाले सन २०२१ का लागि त्रिभुवन विश्वविद्यालय तर्फ बिज्ञान तथा प्रविधि क्याम्पस , पोखराकी दिक्षा सिल्पकार र पूर्वाञ्चल विश्वविद्यालय तर्फ कलेज अफ एपलाइड फुड एन्ड डेरी टेक्नोलोजी काठमाडौंकि भावना हुमागाईलाई प्रदान गरिने घोषणा गरेका हुन् ।

नेपाल खाद्य प्रविधि विद्यार्थी संघ ( नेफ्सा ) का दोश्रो कार्यकालका अध्यक्ष पन्तको स्मृतिमा स्थापित उक्त पुरस्कार नेपाल भरकै खाद्य प्रविधि अध्ययन गराइने स्नातक तहका उत्कृष्ट विद्यार्थी मध्य दुई जनालाई प्रत्येक बर्ष प्रदान गरिने गरेको कोषका उपाध्यक्ष हरिहर गुरागाईले बताए ।

बि. स. २०६९ बाट शुरु गरिएको पुरस्कारको यो नवौ श्रृङ्खला हो । कोरना प्रकोपका कारणले पुरस्कार घोषणा गरेर पनि बितरण गर्न नसकिएको सन २०१९ को पुरस्कारका बिजेताहरुलाई पनि यो बर्षको पुरस्कार सङ्गै यसै बर्ष एक बिशेष कार्यक्रम बिच पुरस्कार हस्तान्तरण गरिनेछ ।