बेल्जियममा नेपाली व्यवसायी पुरस्कृत

बेल्जियममा नेपाली व्यवसायी पुरस्कृत


ग्लोब नेपाल
243
Shares

बेल्जियममा दुई जना नेपाली व्यवसायीहरु पुरस्कृत भएका छन् । बेल्जियमका नेपाली व्यवसायीहरु लोक दाहाल र काशी दनैको कम्पनी “सुशी किङ्ग ग्रुप”, लाई बेल्जियमको प्रसिद्ध बिजनेस म्यगाजिन ट्रेन्डले सम्मान गरेको हो । सो म्याग्जिनले प्रत्येक वर्ष उत्कृष्ट व्यवसाय गर्ने नयाँ कम्पनीको सूचीमा रहेकाहरुलाई पुरस्कृत गर्दै आएको छ ।

छिटोछरितो र पारदर्शी बिक्रीदर कायम गरेको कम्पनीको सूचिको मनोनयनमा परेको दाहाल र दनैको कम्पनी ट्रेन्ड अवार्डमा बेल्जियम भरिका कम्पनीमा ४२ औ स्थानमा पर्न सफल भएको छ । सो कम्पनी एन्तवेरपेन प्रदेशका कम्पनीहरुद्वारा संचालित सफल रेस्टुुरेन्टहरुको वर्गिकरणमा दोश्रो स्थानमा परेको हो । सुशी किङ्गले बिगत पाँच वर्षमा परेको व्यवसायको प्रगति र र कारोबारको मुल्यांकन गरेर मनोनयन गरिएको ट्रेन्डले जनाएको छ ।

बेल्जियम सरकारको रेकर्डमा राम्रो कर भुक्तानी गर्ने, धेरै कामदारलाई रोजगारी दिने कम्पनीहरुलाई सो जर्नलले पुरस्कृत गर्दै आएको छ । सन् १९७५ मा स्थापना भएर विश्वसनीय व्यापारिक र आर्थिक समाचार पस्कदै आएको ट्रेन्ड बेल्जियमको व्यवसायिक समूहमा चर्चित रहेको छ ।