विनोदी, शर्मा र साकारलाई त्रिमूर्ति पुरस्कार

विनोदी, शर्मा र साकारलाई त्रिमूर्ति पुरस्कार


ग्लोब नेपाल
756
Shares

काठमाडौं । त्रिमूर्ति निकेतनले २०७८ सालको ‘लेखनाथ काव्य पुरस्कार’ छन्दकवि तथा महाकाव्यकार गोविन्दराज विनोदीलाई समर्पण गर्ने निर्णय गरेको छ । यसैगरी यस वर्षको ‘बालकृष्ण सम पुरस्कार’ नाटक तथा चलचित्रकी जनप्रिय अभिनेत्री मिथिला शर्मालाई समर्पण गर्ने निर्णय गरेको छ । देवकोटा काव्य पुरस्कार’ आधुनिक कवि शैलेन्द्र साकारलाई समर्पण गर्नेबारे निकेतनको पूर्व बैठकबाट निर्णय भैसकेको छ ।

ताम्रपत्रका साथ यी तीनै पुरस्कारका राशि जनही एक लाख रूपियाँ रहेका छन् । त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा आज बसेको निकेतनको सभाले सो निर्णय गरेको हो ।