रुकुममा काँग्रेस कार्यकर्ता र वाईसीएलबीच ढुंगामुडा

रुकुममा काँग्रेस कार्यकर्ता र वाईसीएलबीच ढुंगामुडा


ग्लोब नेपाल
162
Shares

रुकुम । रुकुम पश्चिममा काँग्रेस कार्यकर्ता र वाईसेलबीच ढुंगामुडा भएकाे छ । काँग्रेस र माओवादीका कार्यकर्ताबीच आपसी विवादका क्रममा ढुंगामुढा भएको हो । जिल्लाको चौरजहारी क्षेत्रमा दिउँसो १२:५० बजे दुई पक्षबीच ढुंगामुडा हुँदा दुई जना घाइते भएको र समयमै प्रहरी पुगेका कारण थप घटना हुनबाट जोगिएको जिल्ला प्रशासन कार्यालय स्रोतले जनाएको छ । दुवै पक्षलाई राखेर अब झडपमा नउत्रिने सहमति गराइएको र अहिले अवस्थामा सामान्य रहेको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले बताए ।