राष्ट्र बैंकद्वारा जेठ १८ बाट वैदेशिक रोजगार बचतपत्र बिक्री खुला

राष्ट्र बैंकद्वारा जेठ १८ बाट वैदेशिक रोजगार बचतपत्र बिक्री खुला


ग्लोब नेपाल
189
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्र जेठ १८ गतेबाट बिक्री गर्ने भएको छ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले जारी गरेको विज्ञप्तिअनुसार नेपाल सरकारको १२ दशमलब ५० प्रतिशत व्याजदरको वैदेशि रोजगार बचतपत्र २०८४ (५ वर्षे) मिति २०७९ जेठ १८ गतेदेखि २०७९ असार ६ गतेसम्म बिक्री खुला हुने र सो वचतपत्र रोजगारीका लागि मुलुक बाहिर गएका वा विदेशमा रोजगारी गरी फर्केका नेपाली नागरिक तथा विदेशमा बसोबास गर्ने गैरआवासीय नेपालीहरुले नेपाल राष्ट्र बैंकको वेभसाइटमा रहेको URL/Link: https://obss.nrb.org.np/saving/ मा राखिएको प्रक्रियाअनुसार अनलाइन आवेदन भर्न सक्ने व्यवस्था गरिएकोले सोको जानकारी विदेशस्थित रहेका सम्पूर्ण गैरआवासीय नेपाली संघको प्रतिनिधिहरुलाई उपलब्ध गराइदिन हुन अनुरोध छ ।’