बलिउड नायिकाहरु कति तिर्छन् घर भाडा

बलिउड नायिकाहरु कति तिर्छन् घर भाडा



मुम्बई । बलिउडका केही नायक नायिका अहिले पनि भाडाको घरमा बस्छन् । केहीले आफ्नो घर भाडामा लगाएर आफू अर्काको घरमा भाडामा बस्ने गरेका छन् । बलिउड स्टार कलाकार रणवीर सिंह, दीपिका पादुकोणदेखि कट्रिना कैफल बिक्की कौशलले आफ्नो विलासी घरका लागि भाडामा मोटो रकम तिर्ने गरेका छन् ।

अभिनेत्री कट्रिना कैफ र उनका पति तथा अभिनेता विक्की कौशलले पनि भाडाकै घरमा बस्ने गरेका छन् । उनीहरूले आफ्नो घरको मासिक ८ लाख भारतीय रुपैयाँ भाडा तिर्ने गरेका छन् । यस्तै अर्का अभिनेता रणवीर सिंह र उनकी पत्नी अभिनेत्री दीपिका पादुकोण पनि भाडाको आलिशान बंगलामा बस्छन् । उनीहरूले सो आलिशान बंगलाका लागि प्रतिमहिना करिब ७ लाख २५ हजार रुपैयाँसम्म भाडा लिने गरेका छन् ।

अर्का अभिनेता आयुष्मान खुराना पनि महँगो घर भाडा तिर्ने अभिनेता हुन् । उनी र ताहिरा कश्यपसँगै बस्ने घरको भाडाप्रति महिना ५ लाख २५ हजार रुपैयाँ रहेको छ ।

अभिनेता ऋतिक रोशनले आफ्नो आलिशान घरका लागि प्रतिमहिना करिब ८ दशमलव २५ लाख रुपैयाँ तिर्छन् ।

धकधक गर्ल माधुरी दीक्षितले आफ्नो घरका लागि मासिक १२ दशमलव ५ लाख तिर्छिन् । अभिनेत्री कृति सेनन महिनाको १० लाख भाडाको अपार्टमेन्टमा बस्छिन् । श्रीलंकाकी सुन्दरी ज्याकलिन ६ दलशमलव ७८ लाख रुपैयाँको महँगो घरमा बस्छिन् ।