गुल्मी । गुल्मीदरवार गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका सरोज थापा निर्वाचित भएका छन् । उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै तारा थापा निर्वाचित भएका छन् ।
अध्यक्षमा थापाले ६ हजार १६६ मत ल्याए भने उपाध्यक्षमा थापाले ६ हजार १८८ मत ल्याएर बिजयी भएको निर्वाचन अधिकृतको कार्यालयले गुल्मीले जनाएको छ । नेकपा एमालेका कृष्ण भुसालले ५ हजार ६०२ मत ल्याएका थिए ।
उपाध्यक्षमा शुसिला पुनले ५ हजार ५८९ मत प्राप्त गरिन । गाउँपालिकामा रहेका ७ वटा वडामध्ये ४ वटा वडामा नेपाली कांग्रेस र ३ वटा वडामा नेकपा एमाले बिजयी भएको छ । २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले अध्यक्ष उपाध्यक्षमा निर्वाचित भएको थियो ।
रेसुङ्गा नगरपालिकामा नेपाली कांग्रेस विजयी
गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थी निर्वाचित भएका छन् । पन्थीले नगरप्रमुखमा ८ हजार ६१४ मत ल्याएर नगरप्रमुखमा बिजयी भएका हुन् । उपप्रमुख नेपाली कांग्रेसकै अमृतादेवी कुवँरले ८ हजार १९ मत ल्याएर उपप्रमुख बिजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डेयले ७ हजार ३२० मत ल्याएका छन् । उपप्रमुख रीता पाण्डेले ७ हजार २ सय ३१ मत ल्याएर पराजित भए । नगरपालिकामा २३ हजार ५३१ जना मतदाता रहेकोमा १६ हजार २३९ जनाले मतदान गरेका थिए ।
रेसुङ्गा नगरपालिकाका १० वटामा नेपाली कांग्रेस र ४ वटा वडामा नेकपा एमालेले वडाअध्यक्ष पदमा निर्वाचित भएको छ । नेपाली कांग्रेसबाट रेसुङ्गा नगरपालिका वडा नं. २ मा नेपाली काँग्रेसका हिराबहादुर थापा, ३ मा बाबुराम खत्री, ४ मा लिलाधर आचार्य, ५ मा दुर्गा प्रसाद खनाल, ७ मा रामजी पन्थी, ९ मा कृष्णप्रसाद पाण्डे र १० मा रामबहादुर बस्नेत, १२ मा चेहरसिंह टन्डन, १३ मा हुमबहादुर बस्नेत, १४ धनबहादुर पुन विजयी भएका छन् ।
नेकपा एमालेका तर्फबाट रेसुङ्गा १ मा रामप्रसाद पन्थी, ६ मा गनबहादुर गुरुङ र ८ मा निरञ्जन थापा काउछा, ११ मा खुमबहाादुर राना बिजयी हुनुभएको छ । ०७४ सालमा सम्पन्न निर्वाचनमा नेकपा एमालेले नगरप्रमुख उपप्रमुख सहि ६ वटा वडामा वडाअध्यक्ष निर्वाचित भएका थिए ।
प्रतिक्रिया