दिल्ली चौथो स्थानमा उक्लियो

दिल्ली चौथो स्थानमा उक्लियो



दिल्ली । पन्जाब किङ्सलाई १७ रनले हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा दिल्ली क्यापिटल्स चौथो स्थानमा इक्लिएको छ । सोमबार राति दिल्लीले दिएको १६० रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ९ विकेट गुमाएर १४२ रनमा समेटियो ।

पन्जाबका लागि जितेश शर्माले सर्वाधिक ४४ रन बनाए । दिल्लीका शार्दुल ठाकुरले ४ विकेट हात पारे । यसअघि मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १५९ रनको योगफल तयार पारेकाे थियाे ।

दिल्लीका मिचेल मार्शले सर्वाधिक ६३ रन जोडे । पन्जाबका लियाम लिभिङस्टोन र अश्रदिप सिंहले ३/३ विकेट लिए । जितसँगै दिल्ली १३ खेलबाट १४ अंक सहित चौंथो स्थानमा उक्लिएको छ । पन्जाब १३ खेलबाट १२ अंक जोडेर सातौं स्थानमा छ ।