सर्लाहीको कविलासीमा कांग्रेसका ब्रम्हदेव राय मेयर र उपमेयरमा पुनम कर्ण निर्वाचित

सर्लाहीको कविलासीमा कांग्रेसका ब्रम्हदेव राय मेयर र उपमेयरमा पुनम कर्ण निर्वाचित


ग्लोब नेपाल
3.5k
Shares

हरिवन । सर्लाहीको कविलासी नगरपालिकाको मेयर र उपमेयर नेपाली कांग्रेसले जितेको छ । मेयर पदमा ब्रम्हदेव राय ६ हजार ४ सय ४४ मत ल्याएर विजयी भएका हुन् भने उपमेयरमा पुनम कर्ण निर्वाचित भएकी छन् । उनले ६ हजार ९ सय ७ मत प्राप्त गरिन् ।

नगरको ६ वटा वडामा नेपाली कांग्रेस विजयी भएको छ । १, ५, ६, ७, ८ र ९ वडामा कांग्रेस विजयी भएको हो । वडा नं. २ मा एकीकृत समाजवादी विजयी भएको छ भने ३ नं. वडामा एमाले तथा ४ र १० मा जनता समाजवादी पार्टी विजयी भएका छन् ।

मेयर पदमा कांग्रेसका रायलाई जनता समाजवादी नेपालका रामनरेश रायले चुनौति दिएका थिए । उनले ४ हजार ६ सय ६३ मत प्राप्त गरेका थिए भने उपमेयरमा राधादेवीले ४ हजार ९ सय १६ मत प्राप्त गरेकी थिइन ।

नगरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो स्थानमा रह्यो । एमालेका कौशलकिशोर यादवले ३ हजार ५ सय १८ मत र उपमेयर पदमा मीनाकुमारी देवीले ३ हजार ३ सय ३८ मत प्राप्त गरिन् ।