लामा हेटौंडाको पहिलो महिला मेयर

लामा हेटौंडाको पहिलो महिला मेयर


ग्लोब नेपाल
324
Shares

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको पहिलो महिला मेयरको रुपमा मीना कुमारी लामा निर्वाचित भएकी छन् । सत्तारुढ गठबन्धनका तर्फबाट मेयरको उम्मेदवार बनेकी नेकपा एकिकृत समाजवादीकी लामा हेटौंडाको पहिलो महिला मेयरको रुपमा निर्वाचित भएकी हुन् ।

लामाले आफ्नो निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अनन्त पौडेललाई २ हजार एकसय ५८ मतले पराजित गरेकी हुन् । लामाले २३ हजार ६७ मत पाउँदा पौडेलले २० हजार नौसय ८ मत पाए । राप्रपाका उम्मेदवार दिपक सिंहले २० हजार पाँच सय ३१ मत प्राप्त गरेका थिए ।

त्यस्तैगरी उपमेयरमा गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेसका राजेश बानियाँ विजयी भएका छन् । उनले ३२ हजार पाँच सय ९३ मत पाएका छन् भने उनको प्रतिस्पर्धी एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले २३ हजार नौ सय नौ र राप्रपा उम्मेदवार इन्दिरा न्यौपानेले पाचहजार ८ सय ८६ मत पाइन ।

मेयरमा लामा निर्वाचित भएसँगै नेकपा एमालेको तीन दशक लामो विरासत भत्किएको छ । हेटौंडामा २०४८ सालदेखी निरन्तर रुपमा एमालेले विजयी हासिल गर्दै आएको थियो ।

कुनै बेला एउटै पार्टिमा रहँदा आफ्नो गुरु रहेका अनन्त पौडेललाई हराएर हेटौंडामा नयाँ इतिहास रच्‍नु लामाको लागि सहज थिएन । तर, चुनौतिको चाङको बिच लामाले जीत मात्रै हात पारेकी छैनन, हेटौंडाको इतिहासको नयाँ पाना पनि कोरेकी छन्

तीन दशकदेखी हेटौंडामा एकछत्र राज गर्दै आएको एमालेले हेटौंडालाई आफ्नो लालकिल्ला बताउँदै आएको थियो । तर, हेटौंडा मेयरमा समाजवादिकी लामा र उपमेयरमा नेपाली कांग्रेसका राजेश बानियाँ विजयी भएसँगै एमालेको लालकिल्ला ढलेको छ । अघिल्लो निर्वाचनमा नेकपा एमालेबाट हेटौंडाको उपमेयर बन्नुभएकी लामाले पार्टी विभाजनमा एमाले त्यागेर समाजवादी रोजेकी थिइन् ।