अर्जुनसँग विवाह बन्धनमा वाँधिदै मलाइका

अर्जुनसँग विवाह बन्धनमा वाँधिदै मलाइका



भारतीय अभिनेत्री मलाइका अरोरा र अभिनेता अर्जुन कपुरले लामो समयको प्रेम सम्बन्धपछि विवाह गर्ने भएका छन् । निकैलामो समयदेखि प्रेम सम्बन्धमा रहेका यी जोडीले आफूहरु प्रेम सम्बन्धमा रहेकोबारे गोप्य नराखी सबैमाझ सार्वजनिक गरेका थिए । तर, अब मलाइका र अर्जुनले आफ्नो प्रेम सम्बन्धलाई विषेश नाम दिन लागेको खबर भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

उनीहरुले विवाहको मिति सार्वजनिक नभएपनि उनीहरुले नोभेम्बर वा डिसेम्बर महिनामा विवाह विवाह गर्ने पक्का भएको छ । मलाइका र अर्जुनका अनुसार उनीहरूले आफ्नो विवाहमा धेरै मान्छे नबोलाउने र आफ्नो परिवारका सदस्यलाइ मात्रै सहभागी गराउने बताएका छन् । अहिले सामाजिक सञ्जालमा मलाइका र अर्जुनको विवाहको खबरले निकै चर्चा पाएको छ ।

मलाइकाले केहि समय अगाडि अभिनेता सलमान खानका भाई अरबाज खानसँग सम्बन्ध बिच्छेद गरेर बसेकी हुन् । उनीहरुको एक छोरा पनि छन् । मलाइकाले अर्जुनसँग गर्न लागेको यो दोस्रो विवाह हो ।