काठमाडौंमा बालेन अग्र स्थानमै

काठमाडौंमा बालेन अग्र स्थानमै


ग्लोब नेपाल
594
Shares

काठमाडौं । देशका ६ वटा महानगरपालिकामध्ये अब ५ वटा महानगरपालिकाको अन्तिम मत परिणाम आउन बाँकी रहेको छ। अहिले काठमाडौँ, ललितपुर, भरतपुर, पोखरा र वीरगञ्ज महानगरपालिकाको मतगणना जारी रहेकाे छ। जारी मत गणनाअनुसार काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले १८ हजार भन्दा बढी मतको अग्रता लिएका छन् । साहले ४३ हजार ७ सय ५७ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसकी मेयरकी उम्मेदवार सिर्जना सिंहले २५ हजार ६ सय ८० मत प्राप्त गर्दा नेकपा एमालेका केशव स्थापितले २४ हजार ५ सय ८८ मत प्राप्त गरेका छन् ।