काठमाडौंमा ४९ हजार मतका साथ बालेन अग्र स्थानमा

काठमाडौंमा ४९ हजार मतका साथ बालेन अग्र स्थानमा


ग्लोब नेपाल
270
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) को अग्रता झन् फराकिलो बनेको छ। काठमाडौं महानगरपालिकामा १ लाख ४६ हजार ३ सय ३८ मत गनिसकेकाे छ । पछिल्लो मतपरिणाम अनुसार बालेनले ४८ हजार ९ सय २२ मत प्राप्त गरेर अग्रता कायमै राखेका छन् ।

नेपाली कांग्रेसकी मेयरकी उम्मेदवार सिर्जना सिंहले ३० हजार २५ मत प्राप्त गरेकी छन् । साथै नेकपा एमालेका मेयरका उम्मेदवार केशव स्थापितले २९ हजार १ सय ५९ मत प्राप्त गरे ।

उता, ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले ३६ हजार ९ सय ३८ मत प्राप्त गर्दा एमालेका मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले २१ हजार ७ सय ६८ मत प्राप्त गरे ।