आजबाट त्रियुगा नगरपालिकाको मतगणना सुरु

आजबाट त्रियुगा नगरपालिकाको मतगणना सुरु


ग्लोब नेपाल
135
Shares

उदयपुर । त्रियुगा नगरपालिकामा मतगणना सुरु भएको छ । बहुमत दलहरूले वडा नम्बर १२ मा पुन: मतदानको माग गरे पनि निर्वाचन आयोगको निर्देशनमा मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्रियुगा–१२ को जनप्रेमी माविमा रहेका क ख ग मतदान केन्द्रमा ३० वैशाखमा भएको मतदानका क्रममा विवाद भएपछि मतदान नै स्थगित भएको थियो । सो केन्द्रमा पुन: मतदान गर्नुपर्ने वा मतगणना गर्ने विषयमा दलहरूबिच विवाद भएपछि मत गणना सुरु हुन सकेको थिएन ।

विवादित उक्त मतदान केन्द्रको निर्वाचन आयोगको टोलीले स्थलगत अनुगमन पनि गरेको थियो । तर, लामो समय आयोगको निर्णय नआउँदा पुन: मतदान हुने वा मतगणना हुने भन्ने अन्योल थियो ।