दोहा । मध्यपूर्व एसियाकाे देश कतारमा प्लास्टिक झोला प्रयोगमा रोक लगाइएको छ। वातारणीय प्रदुषण कम गर्न कतारले प्लास्टिक झोला प्रयोगमा बन्देज लगाउने निर्णय गरेको हो ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कतारमा प्लास्टिकको झोला निषेध गर्ने नगरपालिका मन्त्रालयले तयार पारेको मस्यौदालाई पास गरेको हो । वातावरण संरक्षण र फोहोर पुन: प्रयोगमा अधिकतम लगानी गर्ने रणनीतिक उद्देश्यअनुरुप सो मस्यौदा तयार गरिएको थियो । अब ‘सिंगल युज प्लास्टिक ब्याग’ को सट्टा धेरै पटकसम्म प्रयोग गर्न मिल्ने वैकल्पिक झोला बोक्नु पर्नेछ।
प्रतिक्रिया