असन्तुष्ट समूहले प्रेस युनियनको महाधिवेशन मिति तोकेपछि पूर्वअध्यक्षहरूको असन्तुष्टि

असन्तुष्ट समूहले प्रेस युनियनको महाधिवेशन मिति तोकेपछि पूर्वअध्यक्षहरूको असन्तुष्टि


ग्लोब नेपाल
162
Shares

काठमाडाैं । नेपाल प्रेस युनियनको असन्तुष्ट समूहले महाधिवेशनको मिति तोकेको मा पूर्वअध्यक्षहरूले असन्तुष्टि जनाएका छन् । युनियनको केन्द्रीय सचिवालयले भदौका लागि महाधिवेशन मिति तोकपछि असन्तुष्ट समूहले शुक्रबार विशेष भेला गरी यही जेठको अन्तिम साताका लागि महाधिवेशन मिति तोकेको थियो ।

प्रेस युयिनयनमा विवाद बढ्दै जाँदा महाधिवेशनका दुई मिति तोकिएका हुन् । शुक्रबारै अध्यक्ष बद्री सिग्देल र पूर्वअध्यक्षहरू रमेश तुफान, कुलचन्द्र वाग्ले, किरण पोखरेलबीच छलफल भएको छ । सो छलफलमा उनीहरूले जेठका लागि असन्तुष्ट समूहले महाधिवेशनको मिति तोकेका मा असन्तुष्टि जनाएका हुन् ।

छलफलमा पूर्वअध्यक्ष तुफानले भनेका थिए, ‘हामीलाई मिति तोकेको कुरा थाहा छैन। हाम्रो यसमा सहमति छैन ।’ यस्तै अर्का पूर्वअध्यक्ष पोखरेलले प्रेस युनियनलाई विभाजनको बाटोमा जान नदिने बताए । उनले भनेका छन्, ‘महाधिवेशन जेठ २७–२८ मा हुँदैन ।यसलाई रोक्छौं, प्रेस युनियन विभाजनमा जान दिन भएन ।’

यस्तै अर्का पूर्वअध्यक्ष वाग्लेले शुक्रबार बिहान अनुपम फुडल्याण्डमा भएको विशेष भेला गुट भेला हो भन्ने जानकारी आफूले नपाएको बताएका छन् । उनले गुट भेला हो भन्ने जानकारी पाएको भए आफू सो भेलामा सहभागी नुहुने थिएँ भनेका छन् । उनले भनेका छन्, ‘हामीलाई गुटगत भेला हो भन्ने थाहा थिएन । थाहा भएको भए हामी जाँदैनथ्यौं, भेला रोक्थ्यौँ ।’