स्थानीय तह निर्वाचन सकिए लगत्तै धमाधम प्रदेश सभा बैठक

स्थानीय तह निर्वाचन सकिए लगत्तै धमाधम प्रदेश सभा बैठक


ग्लोब नेपाल
0
Shares

काठमाडौं । स्थानीय तह निर्वाचन सकिए लगत्तै धमाधम प्रदेश सभा बैठक आब्हान र सुरुसमेत हुन थालेका छन् । शुक्रवारदेखि बाग्मती प्रदेश, कर्णाली र गण्डकी प्रदेश सभा सुचारु भए लगत्तै प्रदेश १, मधेस प्रदेश र सुदरपश्चिम प्रदेशले पनि बैठक आब्हान गरेका छन् ।

प्रदेश १ र सुदुरपश्चिमले १६ जेठका लागि र मधेस प्रदेश सभाको बैठक १९ जेठका लागि बैठक आब्हान गरिसकिएको छ भने लुम्बिनी प्रदेशले भने अझै मिति तय गरिसकेको छैन । १ असारमा बजेट ल्याउनु पर्ने संवैधानिक ब्यवस्थाका कारण पनि प्रदेश सभा बैठक धमाधम आब्हान गरिएका हुन् ।

शुक्रवारदेखि जारी बाग्मती प्रदेशसभा बैठकमा मुख्यमन्त्री राजेन्द्र पाण्डेलगायतले प्रदेश युवा परिषद २०७६ लाई संसोधन गर्न बनेको बिद्येयकलगायत ५ वटा अध्यादेश संसोधन गर्नका लागि प्रदेश सभा बैठकमा प्रस्ताव गरेका छन् भने गण्डकी प्रदेशले पुर्व पदाधिकारीलाई सुबिधा दिने गरी कानुन निमार्ण गर्न समिति निर्माण गरेको छ ।

गण्डकी प्रदेशका प्रशासन महाशाखाका सचिवको संयोजकत्वमा अर्थ र कानुन मन्त्रालयका सचिव रहने गरी तीन सदस्य समितिसमेत गठन गरेको सरकारका प्रवक्ता कुमार खडकाले जानकारी दिएका छन् ।

यसैगरी, कर्णाली प्रदेश सरकारले आर्थिक बर्ष २०७९/८० को बिनियोजन बिद्येयकको सिद्धान्त, उदेश्य र प्राथमिकता तथा प्रमुख नीति प्रदेश सभा बैठकमा प्रस्तुत गरेको छ । अर्को बैठक १६ जेठका लागि आब्हान गरिसकेको छ ।