बालबालिकाका लागि ८४ लाख मात्रा खोप आउने

बालबालिकाका लागि ८४ लाख मात्रा खोप आउने


ग्लोब नेपाल
162
Shares

काठमाडौं । पाँच वर्षभन्दा माथिका बालबालिकालाई लगाउन मिल्ने कोरोनाविरुद्धको खोप आउने भएको छ । कोभ्याक्स सुविधाअन्र्तगत अमेरिका सरकारले ८४ लाख मात्रा खोप फाइजर अनुदानमा दिन लागेको हो ।

स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाले पाँच वर्षदेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई लगाउन मिल्ने खोप आउन लागेको जानकारी दिए । उनले जुन महिनाभित्र खोप आउने बताए ।

डा. चौरसियाले ०.५ एमएल पेडियाट्रिक डोज निःशुल्क उपलव्ध गराउने निश्चित भइसकेको बताए । सरकाले यसअघि ११ वर्षसम्मका बालबालिकालाई ८४ लाख मात्रा खोप खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्याएको थियो । सो खोप खरिदका लागि छ अर्बभन्दा बढी खर्च लाग्दथ्यो ।

बालबालिकाहरुलाई खोप खरीद गरेरै भए पनि लगाउने योजनामा सरकार लागि सकेको थियो तर अमेरिकी सरकारले नेपाली बालबालिकालाई निशुल्क खोप उपलव्ध गराउने भएपछि खरिद प्रक्रिया स्थगित गरिएको चौरसियाको भनाइ छ ।