लाइसेन्स प्राप्त व्यक्तिले मात्र घरजग्गा कारोबार गर्न पाउने

लाइसेन्स प्राप्त व्यक्तिले मात्र घरजग्गा कारोबार गर्न पाउने


ग्लोब नेपाल
216
Shares

काठमाडौं । सरकारले घरजग्गा कारोबारमा कडाई गर्ने भएको छ । घरजग्गाको कारोबार लाइसेन्स प्राप्त व्यक्तिले मात्र गर्न पाउने व्यवस्था सरकारले आगामी आर्थिक वर्ष २०७९-८० बाट सुरु गर्न लागेको हो । अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा आगामी आर्थिक वर्ष २०७९-८० को बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् ।

‘घर जग्गा कारोबारलाई व्यवस्थित र पारदर्शी बनाउन आधिकारिक निकायबाट अनुमति प्राप्त व्यक्ति र कम्पनीले मात्र घरजग्गा कारोबार गर्न पाउने आवश्यक प्रबन्ध गरिने छ,’ मन्त्री शर्माले भने । आगामी आर्थिक वर्षबाट महानगरपालिका र उपमहानगरपालिकामा सो व्यवस्था कार्यन्वयन गरी क्रमसः सबै स्थानीय तहमा लागु गरिने उनले जनाए ।

जग्गाको हदबन्दी सम्बन्धी व्यवस्था पुनरावलोकन गरिने
सरकारले उद्योग स्थापनाको लागि आवश्यक पर्ने जग्गाको हदबन्दी सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने भएको छ । ‘उद्योग स्थापनाको लागि आवश्यक पर्ने जग्गाको हदबन्दी सम्बन्धी व्यवस्था पुनरावलोकन गरिने छ,’ मन्त्री शर्माले भने, ‘उद्योग सञ्चालनको लागि ५० वर्षसम्म जग्गा लिजमा दिन सकिने व्यवस्था मिलाइने छ ।’