तेलको ट्यांकर पल्टिएपछि पोखरा विमानस्थलमा अवरुद्ध

तेलको ट्यांकर पल्टिएपछि पोखरा विमानस्थलमा अवरुद्ध


ग्लोब नेपाल
351
Shares

काठमाडौं । पोखरा विमानस्थलको धावनमार्ग नजिकै तेलको ट्यांकर पल्टिएपछि विमानस्थल अवरुद्ध भएको छ । आज मंगलबार बिहान हेलिकप्टरमा तेल भर्न जाने क्रममा ट्यांकर पल्टिएपछि धावनमार्ग अवरुद्ध भएको हो ।

विमानस्थलमा उडान तथा अवतरण रोकिएको छ । दुई वटा क्रेन प्रयोग गरेर पल्टिएको ट्याङकर उठाउने र पोखिएको तेल सफा गर्ने काम भैरहेको विमानस्थलले जनाएको छ । बिहानको सयममा निकै चापमा हुने विमानस्थल रोकिंदा थुप्रै उडानहरु प्रभावित भएका छन् ।