शिक्षक लाइसेन्स परीक्षामा नेगेटिभ मार्किङ हट्यो !

शिक्षक लाइसेन्स परीक्षामा नेगेटिभ मार्किङ हट्यो !


ग्लोब नेपाल
891
Shares

काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमतिपत्र (लाइसेन्स) को परीक्षामा नेगेटिभ मार्किङ हटाउने भएको छ।

पछिल्लो समय खस्कँदै गएको नतिजालाई केही राहत दिनका लागि आयोगले लाइसेन्सको परीक्षामा केही सुधार गर्ने भन्दै नेगेटिभ मार्किङ हटाउने भएको हो । आयोगका उच्च अधिकारीका अनुसार शिक्षक छनोटका लागि लिएको तीनै तहको सामान्य विषयको परीक्षाको नतिजा लज्जास्पद आएपछि आयोगले लाइसेन्सको परीक्षामा वस्तुगत प्रश्नमा नेगेटिभ मार्किङ हटाएको हो ।

आयोगले विगतमा एउटा प्रश्न गलत भएमा २० प्रतिशत नम्बर कट्टा हुने प्रावधान राखेको थियो । अब त्यो प्रावधान हटेसँगै प्रश्न गलत भएमा नम्बर कट्टा नगरिने भएको हो ।