रवि र बेनिशाको ‘सुन माया’ गीत सार्वजनिक

रवि र बेनिशाको ‘सुन माया’ गीत सार्वजनिक


ग्लोब नेपाल
189
Shares

काठमाडौं । गायक रवि ओड र गायिका बेनिशा पौडेलको ‘सुन माया’ बोलको गीत सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच गीतसँगै भिडियो पनि सार्वजनिक गरिएको हो ।

गरिमा फिल्मले तयार पारेको भिडियोलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन् । गीतमा गोविन्द भट्टको शब्द तथा संगीत रहेको छ भने विशाल निरौलाको एरेञ्ज छ । भिडियोमा कलाकारहरु शुभम आचार्य र योगिशा खत्रीको अभिनय रहेको छ । उनीहरुबीचको टिनएज प्रेमलाई भिडियोमा देखाउ खोजिएको छ । भिडियोलाई नवराज उप्रेतीले छायांकन र विकास दाहालले सम्पादन गरेका हुन् ।

कार्यक्रममा बोल्दै गायक रवि ओडले गीत संगीतलाई माया गर्न दर्शक, श्रोतालाई अनुरोध गरे । गीतमा नयाँ बालकलाकार रहेकोले भिडियो पनि उत्कृष्ट बनेको बताए । त्यस्तै गायिका पौडेलले गीतसँगै भिडियो पनि उत्कृष्ट रहेको बताइन् ।

त्यस्तै कार्यक्रममा गीतकार तथा संगीतकार भट्टले यसपटक भिडियोमा आफूहरुले फरक गर्ने प्रयास गरेको बताए । त्यस्तै निर्देशक पाण्डेले पनि गीतकार भट्टको योजना मन परेपछि भिडियोमा टिनएजका युवा–युवतीलाई अभिनय गराउन आफू पनि तयार भएको बताए । निर्देशक पाण्डेले आफ्ना हरेक भिडियोमा केही न केही नयांपन देखाउने गरेका छन् ।