कसैलाई हार्नु छ र ? अहँ कसैलाई छैन । कसैले हार्न खोजेको छ, अहँ छैन । यो ध्रुवसत्य जस्तै छ कि सबैले जित्नु नै छ अर्थात् हार्नु छैन, विल्कुल हार्नु छैन । जित्नु उसको जिउने सर्वोषौधी हो, जित्नु जिवन जिउनुकोे रामबाँड हो । फेरी विनासित्तै किन हार्न परेको छ र ? कसका लागि र किन हार्ने ? जित्नुका अनगिन्ती प्रयोजन छन् र हार्नुको कुनै पनि त छैन अर्थात् त्यसको प्रयोजन देखिएको पनि छैन । अनि किन हार्ने ? फेरी हार्ने साँेच नै पनि किन ? बहस नै किन ? खोजि नै किन ? जित्न पर्नेमा हार्ने कुरामा तनाब किन ? नजाने बाटोको अनुसन्धान किन, जब सोध्नु नै त छैन । पागलपनको पराकाष्ठा जस्तै !
यहाँ एउटा धृष्टता छ, हार्नेको । तर पनि फेरी जित्न नै छ । अनि जित्ने मामिलामा हार्ने धृष्टता किन ? यसको प्रयोजन के ? हो एउटा त्यहाँ पनि सत्य कै कथा छ, प्रयोजन पनि छ हार्नेको । अहम् प्रश्न छ, महत्व छ हार्नेको । एउटा तथ्य छ, स्वयंसिद्ध वा एकदम त्यस्तै । त्यो तथ्य हो, यदि जित्नु छ भने हार्न सक्नुपर्छ ।
चयन गरौं खेल खेल्ने खेल र त्यसको विधिको । यहाँ दुई खेल प्रस्तुत छन्ः (१) जितेर हार्ने (२) हारेर जित्ने । यस्तो चयन प्रयोगमा आइसकेका छन् । एउटा सशस्त्र प्रबल सेना र निशस्त्र एउटा व्यक्ति मध्ये एकको चयन गर्ने र अर्को स्वर्गजाने । यो या त्यो र पहिला या पछि । यी खेल द्वापर युगका कौरव र पाण्डव बीचका हुन् । कौरवलाई पहिलो अवसर थियो दुबै थरि मध्ये एक एक चयन गर्ने । कौरवले युद्धका लागि निशस्त्र कृष्णलाई रोज्ने कि सशस्त्र प्रबल सेना र स्वर्ग र नर्क पहिला कहाँ जाने भन्ने प्रश्नमा सशस्त्र प्रबल सेना र पहिला स्वर्ग जाने कुराका चयन गरे तर पाण्डवले अर्का विपरित दुईको । निशस्त्र कृष्णलाई रोज्ने पाण्डव कुरुक्षेत्रको युद्धमा जित हासिल गरे । यसको ठीक विपरित सेना रोज्ने कौरवले पराजय भोगे । स्वर्गको र नर्कको रहने अवधि ती दूई पक्षका फरक र उल्टा थिए । पहिला स्वर्ग जानेको स्वर्ग रहने अवधि कम र नर्क रहने अवधि बढी थियो जुन चयन कौरवको थियो र सोही अनुसार भयो । पहिला रसवरी खाने र पछि अति तितो खानेकुराको रोजाई कौरवको र यसको विपरित पाण्डवको । जो भोग भोग्नु थियो भोगे । जिवन र मरण अवधिका योग रुपि रसको स्वाद आफ्नै रोजाईमा निर्भर गर्यो । कौरवका जित्ने डम्फु हारमा परिणत भएको पत्तै भएन तर होस्मा रहेर बिचार पुर्याउने युधिष्टिर यस मानेमा सफल थिए तर जुवाको मामिलामा आफ्नो शरिर हारेपछि दाउमा राखेकी पत्नी पनि हारेको कारणले कुरुक्षेत्रमा असंख्य जनता मारिए, धृतराष्ट्रको मात्रै नभै यदुवंशीको पनि वंशनाश भयो । जित्नकै लागि भीमले कसैले जित्न नसक्ने नाति अति असल बर्बरिकलाई कुटिल तरिकाले कृष्ण मार्फत् मारेर आफ्नो वंश नास गरे र जिते पनि । आफ्नै वंशनास जस्तो पिडादायी हार जित्नकै लागि ? यस्तो हारको अवस्था निम्त्याउनुपर्र्नेे जितका लागि ! यी हार जितहरू उल्टा सुल्टा मात्र होइन हारै हार, सबैको हार । आफ्नोे जितमा आफ्नै दर्दनाक हार लुकेको यतिका ठुलो एवं दह्रो प्रमाण कुन होला र ।
संस्कृत भाषाको रामायणको नेपालीमा अनुवाद भानुभक्तले गरे । उनी विभिन्न नेपाली कविता तथा साहित्यमा अग्रज रहे, आदिकवि भए । एउटा घाँसीले घाँस काटेर कमाएको पैसाले तिर्खाएका बटुवाका लागि भनी कुवा खनायो । हाम्रो मान्यता रामायणको अनुवाद बढी महत्वको रह्यो तर भानुभक्त चाहिँे आफु धनको धनी रहेर पनि दरिद्र घाँसीको सोँच पनि नरहेकोमा पश्चाताप गरी हारेको अनुभुतियुक्त स्वीकारोक्ति कवितामार्फत हामीलाई आभाष गराए । यहाँ जित कस्को ? उनले हामी नेपाली भाषीलाई जित गराए । उनी पनि अमर छन् र रहनेछन् । यो त अमरताको कुरा भयो । जित विना अमरता कसरी ? घाँसीले हार जितको प्रश्नमा अल्मलिएका छैनन् ! घाँसीले न जितेँ भनेका छन् न अन्य कसैले जितेको मान्यता र प्रमाणपत्र दिएका छन् । कुवाको पनि अमरता छ, जसले घाँसीलाई बिर्सन दिँदैन । दुबै अमर छन् । रामायण, कुवा भौतिक प्रमाण र घाँसीका भानुभक्तको स्वीकोक्ति कविता साक्षी छन् । रामायणको अनुवादको प्रेरणाको श्रोत कुवा हो कि भन्नुमा माने लाग्छ । यहाँ तीन पक्ष नेपाल र नेपाली भाषी, भानुभक्त र घाँसी सबै विजेता हौं । हाम्रो गर्वको विषय र अनुपम उपमाका खानी यी चिजको प्राप्ती गराएका छन् यिनीहरूले । भानुभक्तले हार शब्दको चयन विनै हारेको महसुस गर्नुले सबैलाई जिताएका हुन् । हामी केही नगरी जित्ने भाग्यमानी हौं, किनकि यो भाषा विश्वले मानिदिएको छ, यो भाषा विश्वका हजारौं भाषा मध्येमा दर्ज छ । यस भाषिहरूका बीचमा सुचना प्रवाह गर्दछ संप्रेषण गर्दछ र आत्मियता बढाएको छ, मनहरूलाई जोड्ने पुलको काम गरेको छ ।
त्यस्तै E=mc2 का सुत्राधार आइन्स्टाइन । उनीलाई राष्ट्रपतिको प्रस्ताव आएको थियो तर त्यो छाडेर यस सुत्रलाई प्रमाणित गर्न थाले । उनको सापेक्षतावाद औपचारिक रुपमा काट्न सकेको अवस्था सुनिन आएको छैन । यो उनको रोजाइ थियो दायित्व होइन तर पुरा भयो । जे जति सम्म पुरस्कार पाए त्यस कार्य पछि हो । ससर्त पुरस्कार पाएको पनि होइन न ख्याती नै । यो उनको विजय उनीमा सिमित रहेन । अर्थात् आफुलाई आएको प्रस्ताव प्रति आफ्नो अयोग्ता र असक्षमता देखाएर अति उच्च पद त्यागे, नैतिक विजय प्राप्त गरे र उच्च मानवको भुमिका पनि निर्वाह गरे । उनले राष्ट्र निर्माणको कुनै बचन समेतको दायित्व लिएका थिएनन् र उनी हारेनन् । उनी युगौंयुग जिवन्त रहनेछन् जहिलेसम्म E=mc2 को अस्तित्व कायम रहन्छ ।
हामीले धेरै पृष्ठका, धेरै कथाका, आफ्नै झुठ जिवनीका कथालाई मान्यता दिने गरेका छौं तर महाकवि हाम्रा लागि पागल भैदिए, पागल किताबबाट घोषणा गरे, शंखघोष गरे आफु हारेका, पागल भएकोे । पागलपनको परिभाषा सिकाए बज्रस्वाँठहरूलाई र हामीलाई सन्देश दिए । उनले आफ्ना रचनाहरूमध्ये सबभन्दा सानो पुस्तक सरल भाषाको किताब मुनामदन मन पराए । टैगोरको गितान्जलीसंग लक्ष्मीप्रसाद देवकोटाका हरेक रचना तुलना गर्यौं भने उनले प्राप्त गरेको नोबेल पुरस्कार र लक्ष्मीप्रसाद देवकोटाका हरेक एक एक रचनाका वजनमा कसको बढी होला । हो लक्ष्मीप्रसाद पागल भए तर पागलहरूलाई मृतसंजिवनी बुटी दिएको पत्तै पाएका छैनौं । हारेर अर्थात् आफै पागल बनेर हामीलाई यो ज्ञानको दौलत दिएकाछन् । हार्दा जितिने अब यो “हार” नामक सिद्धान्तको विश्लेषण गर्न अपरिहार्य रहेको यी तथ्यहरूले दावा किन नगर्ने ?
यी जित्नलाई हार्नुपर्ने मान्यताका केही उदाहरण मात्र हुन् । अब हार दुई खेमामा विभाजित भए, औपचारिक र अनौपचारिक वा नैतिक मुल्य मान्यताका र स्वघोषित । यहाँ भार दियौं भने कसको वजन बढी होला ? खोजी अमर अजर र वजनको छ, हारेर हार्ने, जितेर हार्ने र हारेर जित्नेको छ । हारेर हार्ने आत्महत्या हो जो अर्थहिन छ । तर यसबाट धेरै क्षति भने हुँदैन । तर जित्ने नामका लागि हराउने खेल खतरनाक छ । अर्को पक्षको कमजोरीलाई आफ्नो जितमा जोड्ने र क्षमतावान्लाई पछारेर हराउने अर्का काइदा हुन् जसमा क्षमताको हत्या गरेर असक्षम र दुष्ट शक्तिमा आउँछ । अर्थात् लामो रेखालाई मेटेर आफ्नो छोटोलाई लामो देखाउने र उसको भन्दा लामो रेखा खिचेर आफ्नो लामो भएको दावी गर्ने काइदा मध्येको खतरनाक खेल । आत्मघाति गोलको कुरा हो यो । आत्मघाती गोल गर्ने गरेका छन् खेलाडिहरूले । अर्थात् “आत्मघात” । यो धेरै खेलाडिले सिकेका छन्, केही रंगशालाका खेलाडिले प्रयोगमा ल्याएका छन् । यो नेपालमा पनि भयो, गरियो । तर यो खेल खेल्ने अधिकांश खेलाडिमा आफुलाई राजनीतिज्ञ, समाजसेवी, आदि भन्ने गर्दछन् । तिनीहरूले गेम खेल्छन्, खेल्ने गर्छन् र पुरष्कृत पनि हुन्छन् र अब आत्मघात भन्दा अन्यत्रको समेत घात गर्ने प्रमाण–पत्र पाउँछन् र नागरिक(?) अभिनन्दन पनि गरिन्छ । यो हारेर पनि जितिएको भनिएको अवस्था हो अर्थात् यहाँ हार्नेलाई जितौरेको पगरि लगाइदिने गरिन्छ । यो आफैमा हार हो, जनताको लागि हार हो र समग्र राष्ट्रका लागि हार हो, अर्थात् सबैले हार्ने हार । तर ती हरुवाहरू त्यस हारलाई जितको परिभाषा लगाएर वास्तवमै हार्छन् र एउटालाई हराउन धेरैलाई हराउँछन् । अनि त “आत्मघात, अन्तरघात र अन्यत्रघात” संगसंगै हुन्छ । जसलाई मारेर उसको मलामी जान्छ, उ आफ्नै मलामी बन्छ तर पनि भन्छ यो मेरो मात्र जित होइन, यो जनताको जित हो, हामी सबैको जित हो र समग्र राष्ट्रको जित हो ।
अब हारेर जित्ने प्रतिष्पर्धाका अन्य खेल हेरौंैं । भर्खरैको नेपालको स्थानीय निर्वाचन नामक खेल अध्ययन विश्लेषण गर्दा सबैभन्दा बढी जितको प्रमाणपत्र (२०० भन्दा बढी) पाउनेहरू लगायतका र एक एक प्रमाणपत्र पाउनेहरूको बीचको चुनावी खेल । कुनैले साढे दुई लाख जति भोट वा जनमत पाउने र सामान्य भोट (१३४६५ तथा २०८२१) पाउने एक प्रमाणपत्रिय खेलाडीको वजन कति ? जित कसको ? जसको न कुनै संगठन छ न कुनै कार्यकर्ता तर जनताको अभिमत भने पर्याप्त । यसमा जनताको शुरुआति जित छ । यो जित यस मानेमा हो कि जनतालाई आफ्ना भोट बैंक मात्र सम्झने र लठ्ठी उठाएर जित गराउनेको खेल सँधै खेलिँदै आएको खेल थियो तर यसले दिगोपना नपाउने रहेछ भन्ने सबक सिकाउने जित । अहिलेसम्म यहाँ देशको र जनताको प्रगति पथमा लम्काउने खेल भने पटक्कै होइन, भएन । जन्मसिद्ध पार्टीका समर्थक र झोले कार्यकर्ताको गणना भइरहन्छ र नवआगन्तुक आकर्षक पदका लालसीको चटके खेलाडिलाई दिइने महत्वपूर्ण दूरगामी महत्व राख्ने कामको जिम्मेवारी र उसको रछ्यानको पौरखी गाइने गरिएकोछ यस खेलमा ।
डलर उत्पादन गर्ने मेशिनरुपी यस खेलमा अनुशासित खेलाडि विद्रोह पनि गर्दैनन् र गरेमा बढारिन्छन् । यो खेलले उनीहरूलाई आत्महत्या गर्ने अधिकार पनि दिँुदैन र हत्या गर्छ, कुटिल हत्या, लोकतन्त्रको निर्मम तरिकाले हत्या गर्छ । यो अंक गणितिय मनोगत गणना र मनोदशालाई निर्मम हत्या गर्ने, दिउसै स्वर्गकी परी नचाउने, मनोआतंक मच्चाउने, पैसा र पदको कुनियत तरिकाबाट जनतालाई भर्याङ्ग बनाई सत्ता हत्याउने खेल । दुई देशिय बडे ढुंगाले च्यापेर पुगेन भनेर तीनदेशिय बडेमानका ढुंगा र विभिन्न खुत्रे एनजिओबाट समेत च्यापिन रहर गर्नेहरूको रणनीतिक खेल । बडेभैयाहरूबाट हिनताबोधी जनतालाई चरम विन्दुमा कोच्न प्रयास गर्नेहरूको खेल । जनता अर्थात् लोकको पगरी थुंगाएर विभिन्न नाटक मंचन गर्ने र भाँडमा जाउ भन्नेहरूको माखेदाउको खेल । यस सुरुवाति खेलमा हर्कहरूको माध्यमबाट ती मनोदशाका सर्वदक्ष खेलाडिलाई केवल शिक्षा दिने प्रयास गरिएकोछ । जब हर्कहरूको निर्णय लागु गर्न बाध्यकारी अवस्था श्रृजना हुन्छ तब यिनीहरूको कथित जित हारमा परिणत हुन्छ । जनताको यथार्थ जित त उटपट्याङ्गहरूले ती तिनै बडेमान्का ढुंगाको आधिपत्यलाई तटस्थ ९ल्भगतचबष्किभ० गर्दछन्, एनजिओ÷ आइएनजिओको बेमौसमी रंगमञ्च भत्काउँछन् र जनतालाई स्वाबलम्बी र स्वनिर्भर बनाउँछन्, हाम्रो नेरुको बजारमा मुल्य स्थापित हुन्छ, जब तरवार बहादूर इतिहासको लिपिमा सिमित भै कलम बहादुर, मौद्रिक बहादुर र प्रविधि बहादुरमा परिणत हुन्छ, संयुक्त राष्ट्रसंघमा दह्रो हातले मतदान गर्न सक्छ, युक्रेन बन्न छाड्छ, सिक्किमीकरणको त्रास हट्छ तब नेपाल र नेपालीको जित हुनेछ । यी साना हर्कहरूको चयन देशलाई यस अवस्थामा परिणत गर्ने पहिलो खुड्किला बनुन् । जनताहरू पनि सजकता, होसीयारी, विवेकले प्रभावकारी र गतिशील रुपमा काम गरुन्, चयनमा खेलाचि नगरुन् ।
यहाँ हार्ने प्रसंग जितमा मोडिन गएको देखिन्छ । तर होइन । यहाँ त्यो मनोगतको जितको कुरा भएको हो जो एक हप्ताका लागि कार्यकर्तालाई हात जोड्न लगाउँछन् तर आफुहरू बढीमा एकदिन मात्र जोड्छन् र राष्ट्रको जित जनताको हातमा रहेको भान गराउँदछन्, मानौं आफुले जितेमा जादुको लठ्ठीले राष्ट्रलाई माथि भनेजस्तो सबल र स्वाभिमानी, स्वाबलम्बी सबै एकै वर्षमा बनाउनेछन् अर्थात् उनीहरूको जित जनता र राष्ट्रको जित हो । अहिलेको अवस्था जनता ऋिणी र राजनेता भनिने राजद्रोही, कर्मचारी भनाउँदा सेँठ, व्यापारी र उद्यमी ठग, एजेन्ट भनाउँदा दलालमा रही साहु बनेको अवस्था हो तर उनीहरूले त जित्ने नै होइन उनीहरू त जनताका ऋणिमा रुपान्तरित हुने हुने हो, जनतासंग हार्ने होे । जब उनीहरू नैतिकताका, जवाफदेहिताका ऋणि हुन शुरु गर्दछन् जनता साहु बन्दछन् । जनता साहु हुने र उनीहरू जनताका आसामी अर्थात् ऋणि हुनुपर्ने हो । यी कुहिएका स्वघोषित राजनेता साँच्चिकै राजनेता बन्ने चाहना छ भने अब भएपनि सच्चिएर जनतासंग र राष्ट्रसंग हार्न सक्नुपर्दछ । हाम्रो विश्वास, आसा भरोसाका ऋणि हुन् यिनीहरू र ऋणिमा नै रुपान्तरित हुने हो र रुपान्तरित हुने चाहना छ भने भने हार्न जान्नुपर्दछ, सक्नुपर्दछ । हार्ने त्यो अभिमतसंग हो, जनता र राष्ट्रसंग हो अर्थात् जससंग दिन्छु भनेर कबुल गरेर सोको भरमा र सो कै लागि अभिमत प्राप्त गरिन्छ त्यसकै लागि हो । यसमा स्वतः उसको जित छ । ऋण लिने अनि मालिक हुने मानसिकतालाई हराउनुपर्छ र जवाफदेहीतालाई जिताउनुपर्दछ । जोसंग हार्नुपर्ने उसैलाई ठुग्ने ? यसैले तिमी जोसुकै होउ, जिम्मेवारीको बचन दिएपछि चुक्यौ । मतको गणितमा हारे पनि चुक्यौ ।
फेरी जिम्मेवारीको बचन दिएभन्दा अधिक दिनसक्यौ भने जनता तिमीहरूको ऋणि हुनेछन् र पुन अभिमत दिन र विश्वास प्राप्त गर्न लालयित हुनेछन् । गाडी चढाउने, अन्य राष्ट्रसंग समानान्तर र समकक्षिय स्थान ग्रहण गराउने छन् । जित्ने नै हौ भने आफै राज्यले दिएको सुविधा प्रयोग गरेर हली हुने कि, उद्यमी हुने वा व्यापारीे, कर्मचारी के हुने हो तयारी थाल वा सरकारी क्वार्टरबाट तिमीले लगाएका पोसाक बाहेक अरु केही नलिई आफ्नो झुपडीमा फर्क, राज्यकोष दोहन गरी बनाएको महलमा भने होइन । नेपालमा आफ्नो कमाइको महल कसैले बनाउने हैसियत नराखेको हुनुपर्छ भन्ने कुरा सबैलाई थाहा छ । अन्यथा यिनीहरूलाई पुनर्मुसिको भवः भन्ने मात्र होइन कानुनकै अधिनमा रही मृत्युदण्ड दिने, राज्य र जनताको शोषण, दोहनको साँवा, मिश्रत व्याज र सो बराबरको हर्जाना उनीहरूको विदेशिएका किन नहुन् राज्यकोषको दोहन र पदिय अधिकारको दोहन गरी महंगा स्कूल कलेजमा पढाइएका, विदेश पठाइएका ती तीनपुस्ते सन्ततिबाट समेत भराईलिनुपर्दछ र यिनीहरूलाई निश्चित समयसम्म राज्य संचालनका अंगमा रहन नपाउने अवस्था श्रृजना गर्नु गराउनु पर्दछ ।
प्रतिक्रिया