अब शिक्षकको परीक्षामा पुनर्योगको व्यवस्था नहुने

अब शिक्षकको परीक्षामा पुनर्योगको व्यवस्था नहुने


ग्लोब नेपाल
10.4k
Shares

काठमाडौं । शिक्षक सेवा आयोगले अब हुने कुनै पनि परीक्षामा लिखित परीक्षाको नतिजा प्रकाशन गर्दा पुनर्योगको व्यवस्था नगर्ने भएको छ ।

आयोगले मूल कार्यविधिको दफा ५५ मा संशोधन गरी मूल कार्यविधि, २०७८ को उपदफा (८) मा प्रतिबन्धात्मक वाक्यांश थप गरेको छ । तर ओएमआर मेसिनको प्रयोग गरी वस्तुगत उत्तरपुस्तिका ओएमआर सिट परीक्षण गरी कुनै पनि लिखित परीक्षाको नतिजा प्रकाशन गर्दा पुनर्योगको व्यवस्था नगर्ने व्यवस्था गरेको छ ।

साथै मूल कार्यविधिको दफा ४४ मा संशोधन गरी उपदफा (७)थपिएको छ । यस दफामा जुनसुकै कुरा लेखिएता पनि माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तहको खुला तथा आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षामा वस्तुगत उत्तरपुस्तिका ओएमआर प्रयोग भएकाको हकमा परीक्षण पूर्वको कार्य आयोगबाट निर्णय भएबमोजिम हुने व्यवस्था गरेको छ।