इन्जिनियरिङका विद्यार्थी दिपक बने लेखक

इन्जिनियरिङका विद्यार्थी दिपक बने लेखक


ग्लोब नेपाल
5.5k
Shares

काठमाडौं । ओखलढुंगा रामपुर गाउँमा जन्मेका दिपक दाहालले सक्सेस इन्ट्रान्स (Success Entrance) नाम गरेको पुस्तक प्रकाशित गरी सानै उमेरमा सफल लेखक बन्ने म्यासेज दिएका छन् । ‘हुने विरुवाको चिल्लो पात’ भनेझै पढाईमा अब्बल दिपकले एसईई, प्लस्टु र हाल इन्जिनियरिङ पनि पूर्ण छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् ।

दाहालले इन्जिनियरिङ पढ्न सुरु गर्दादेखि नै नेपालका ठूला शैक्षिक संस्था र विभिन्न क्षेत्रमा गएर इन्जिनियरिङ प्रवेश परिक्षा अध्यापन गराइसकेका छन् । पुस्तक नपाइने झन्झटबाट विद्यार्थीलाई मुक्त गर्न पुस्तक निकालेकाे दिपकले बताए ।

उनले अहिलेसम्म पचास हजार भन्दा बढी युवा र विद्यार्थीलाई मोटिभेट गरिसकेका छन् । अहिले युवा विद्यार्थीका लागि उनी निकै नै लोकप्रिय ठानिन्छन् । उमेरले २१ बर्ष मात्र टेकेका दिपकले शैक्षिक क्षेत्रमा ठूलो अनुभव र प्रभुत्व जमाइसकेकाे उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । उनको याे पुस्तक प्रकाशित भएकै दिन सयौंप्रति बिक्री भएकाे थियाे ।