सिद्धाराकाे गाँउमा पहलाे पटक बिजुली पुगेपछि…

सिद्धाराकाे गाँउमा पहलाे पटक बिजुली पुगेपछि…


ग्लोब नेपाल
135
Shares

अर्घाखाँची । शितगंगा नगरपालिका-९ का विभिन्न गाउँमा पहिलाे पटक बिजुली पुगेकाे छ । साबिककाे सिद्धारा गाबिसकाे पाँकुरी, देउराली, ठाडाखाेला र सिस्नेगाँउमा मंगलबार बिजुली पुगेकाे हाे । गाउँ पुगेकाे बिजुली बत्तीकाे स्विच अन गरेर पूर्व उपप्रधानमन्त्री टाेपबहादुर रायमाझी, प्रदेश सरकारका सांसद रामजी घिमिरे, वडा अध्यक्ष भम केसीले गरे ।

विश्व बैंककाे सहयाेगमा सञ्चालन भइरहेकाे बिजुली विस्तारअन्तर्गत शितगंगाकाे बिकट गाउँमा बिजुली पुगेकाे हाे । गाउँमा पहिलाे पटक बिजुली बत्ती बलेपछि स्थानीयले नाचगान गरेका थिए । पहिलाे चरणमा यहाँका एक सय ६० घरमा बिजुली पुगेकाे हाे ।

कार्यक्रममा माले प्रदेश कमिटी सदस्य प्रेमनारायण गैरेले जनताले विकासप्रेमी जनप्रतिनिधि छनाेट गर्न सके विकास निर्माणले गति लिने बताए ।

प्रदेशसभा सदस्य रामजी घिमिरेले शितगंगा नगरपालपकाकाे बिकट भनेर चिनिने सिद्धाराकाे बिकासमा प्रदेस सरकारबाट आवश्यक बजेट ब्यवस्थापन भइरहेकाे बताए ।