दार्चुलामा जिप दुर्घटना, ५ जनाको मृत्यु

दार्चुलामा जिप दुर्घटना, ५ जनाको मृत्यु


ग्लोब नेपाल
54
Shares

दार्चुला । दार्चुलामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ, चार जना घाइते भएका छन् ।

गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगा आइरहेको जिप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । शैल्यशिखर नगरपालिका-६ स्थित उल्लानीमा से १ ज ५५१ नम्बरको जिप बुधबार अपराह्न दुर्घटना हुँदा ४ जना पुरुष र एक जना महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रहरीकाअनुसार मालिकार्जुन मन्दिर जाने गेटबाट १ किलोमिटर गोकुलेश्वर तर्फको क्षेत्रमा जिप दुर्घटना भएको हो । घटनास्थलमा अहिले मालिकार्जुन प्रहरी चौकीबाट प्रहरी र स्थानीयहरु खटिएका छन् ।