अब व्यवस्था होइन, व्यवहार परिवर्तन गरौं

अब व्यवस्था होइन, व्यवहार परिवर्तन गरौं



हाम्रो समाजको चरित्र नै विचित्रको छ । यस्तो लाग्छ, हामीलाई निर्माणभन्दा विनाशमा विश्वास छ । हाम्रो देशको विकासको बाधक पनि यही चरित्र नै हो । हामी पद्धति निर्माणभन्दा व्यवस्था परिवर्तनमा लाग्यौंं । फलस्वरूप अन्य देशले विकासमा फड्को मार्दा हामीले ‘शिशुु व्यवस्था’लाई देखायौं । कहिल्यै ‘वयस्क’ बन्न दिएनौं । हरेक कमजोरीको दोष शिशु व्यवस्थालाई दियौं । हाम्रो भागमा दोष पर्न दिएनौं । साे काे परिणाम चरित्र र व्यवहार सुधारको आवश्यकता ठोस रूपमा महसुस नै भएन ।

हाम्रो समाज पूरै नकारात्मक बन्न खोज्दैछ । सकारात्मक सोच दुर्लभ हुँदैछ । हुन त एउटा पुस्ताले नै नकारात्मक अवधिमै आफ्नो वयस्क उमेर बितायो । पचासको दशकको सुरुवातमा ‘मिडल टिन एज’मा रहेको पुस्ता हाल ४३–४४ को उमेरमा कसरी सकारात्मक बन्न सक्ला

हाम्रो चेत पद्धति निर्माण र परिपालनाभन्दा उल्लङ्घनमा रम्ने खालको छ । सम्झिनुस् त, ट्राफिक प्रहरी नभएका बेला हामी कति धेरै नियम उल्लङ्घन गर्छाैं । लाग्छ, सडकमा त्यसको प्रतिस्पर्धा नै चलिरहेको छ । यो उदाहरण आम प्रवृत्तिको हो । हामीले आफ्नो चरित्र परिवर्तन नगरी व्यवस्था मात्रै परिवर्तन गर्दा हुने कुरा देखिसक्यौं । फेरि हामी सङ्घीयताको पक्ष र विपक्षको बहसमा लागिसक्यौं ।

हाम्रो समाज पूरै नकारात्मक बन्न खोज्दैछ । सकारात्मक सोच दुर्लभ हुँदैछ । हुन त एउटा पुस्ताले नै नकारात्मक अवधिमै आफ्नो वयस्क उमेर बितायो । पचासको दशकको सुरुवातमा ‘मिडल टिन एज’मा रहेको पुस्ता हाल ४३–४४ को उमेरमा कसरी सकारात्मक बन्न सक्ला ? जसले विकृतिको नमुना बनेको त्यो बेलाको संसदीय व्यवस्था जहाँ सांसदहरूकै खरिदबिक्री नै देख्यो । माओवादी सशस्त्र युद्धको अवस्था छर्लङ्ग देख्यो, भोग्यो । दरबार हत्याकाण्डको साक्षी रह्यो । अनि राजाको शासनको स्वाद चाख्यो । त्योभन्दा पछाडिको अवस्थाको भुक्तभोगी नै छ।

यसरी नकारात्मक परिवेशमा हुर्केको पुस्ता राज्यका लागि सम्पत्ति बन्ला कि दायित्व ? यसमा तपाईं आफैं घोत्लिनुस् । डर त त्यहाँ छ, यो नकारात्मक चेतको पुस्ताले कतिलाई दीक्षित गर्ने हो । हामी डोजरले भत्काएको विनाशलाई विकास भन्न अभिशप्त छौं । कहिले बाबुरामको, कहिले बालेनको डोजरलाई ताली बजाउँछौं । गाँउमा त डोजरलाई बाजागाजा र फूलमालाले भित्र्याएका नै हौं । नेता (डोजर साहु)को गुनगान नुनमा गलेर गरेकै हौं । तर अहिले डोजरका कारणले निम्त्याएको विनाशको हिसाब तिनै साहु मिलाउँदै छन् । अब सोच बदलौं, व्यवस्था होइन, व्यवहार परिवर्तन गरौं । सकारात्मक बनौं । नकारात्मकता त्यागौं । कि कसो ?