याे पटक समानुपातिकतर्फ सांसद बन्न नपाउने कांग्रेसका ११२ नेता {काे-काे हुन् ?}

याे पटक समानुपातिकतर्फ सांसद बन्न नपाउने कांग्रेसका ११२ नेता {काे-काे हुन् ?}


ग्लोब नेपाल
3.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक सांसदलाई नदोहोर्‍याउने नीति लिएपछि कांग्रेसका नयाँ अनुहार धेरैले अवसर पाउने भएका छन् । कांग्रेसले प्रदेश र संघीय सांसदमा २०७४ सालमा समानुपातिक सांसद भएकालाई फेरि समानुपातिक सांसद नबनाउने भएको हो ।

विधानको धारा ३३ मा भनिएको छ, ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा पार्टीको तर्फबाट समानुपातिक आधारमा निर्वाचित व्यक्ति तत्काल त्यसपछिको प्रतिनिधिसभा र प्रदेश सभामा पार्टीको तर्फबाट समानुपातिक आधारमा पुनः उम्मेदवार हुन पाउने छैन ।’

कांग्रेसले पार्टीका तल्लो तहका कमिटिलाई परिपत्र गर्दै प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवारको नाम सिफारिस गर्न भनिसकेको छ ।

महामन्त्री गगन थापाले ७७ वटै जिल्ला कार्यसमिति, १६५ वटै क्षेत्रीय कार्यसमिति र ३३० प्रदेश कार्यसमितिलाई पठाएको परिपत्रमा समानुपातिकतर्फ ०७४ मा निर्वाचित व्यक्तिलाई पुनः समानुपातिकतर्फ नै उम्मेदवार बनाउन सिफारिस नगर्न पार्टी विधानको व्यवस्थाबमोजिम निर्देशन दिएका हुन् ।

कांग्रेस विधानको नवौं संशोधनले पार्टीको विधानमै एकपटक समानुपातिकतर्फ निर्वाचित सदस्यले पुनः सोही निर्वाचन प्रणालीमा उम्मेदवार नै बन्न नपाउने व्यवस्था गरेको हो । विधानको धारा ३३ मा भनिएको छ, ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा पार्टीको तर्फबाट समानुपातिक आधारमा निर्वाचित व्यक्ति तत्काल त्यसपछिको प्रतिनिधिसभा र प्रदेश सभामा पार्टीको तर्फबाट समानुपातिक आधारमा पुनः उम्मेदवार हुन पाउने छैन ।’

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ कांग्रेसले ४० सिट पाएको थियो । कांग्रेसका प्रभावशाली नेताहरु समानुपातिकतर्फ सांसद भएका थिए । तर कांग्रेसको विधानअनुसार समानुपातिकमा नदोहोर्‍याउने नीति लिएपछि २०७४ सालमा समानुपातिक सांसद भएकाहरुले कि प्रत्यक्ष निर्वाचन लड्नुपर्नेछ, नत्र उनीहरु संसदमा देखिने छैनन् ।

०७४ मा समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ४० नेता

रगंमती शाही
पद्म नारायण चौधरी
मीना पाण्डे
डिला संग्रौला
पुष्पा भुषाल गौतम
सुजाता कोइराला
राम बहादुर बिष्ट
सुर्यबहादुर केसी
सत्यनारायण खनाल
किशोर सिंह राठैर
दिलेन्द्र प्रसाद वडू
बालकृष्ण खाँण
मिना सुब्बा
महेन्द्र कुमारी लिम्बु
प्रमिला राई
ज्ञानकुमारी छन्त्याल
दिव्यमणी राजभण्डारी
जीप छिरीङ लामा
लालकाजी गुरूङ
उमेश श्रेष्ठ
कर्मा घले
बहादुर सिंह लामा
हिरा गुरूङ
सर्वत आरा खानम
अतहर कमाल मुसलमान
मिनाक्षी झा
चित्र लेखा यादव
सीता देवी यादव
नागेन्द्रकुमार राय
स्मृतिनारायण चौधरी
विनोदकुमार चौधरी
विमला नेपाली
लक्ष्मी परियार सेवा
सुजाता परियार
प्रकाश रसाइलि स्नेही
मिनबहादुर विश्वकर्मा
मानबहादुर विश्वकर्मा
नमिताकुमारी चौधरी
पार्वता डि.सि. चौधरी
उमा रेग्मी

प्रदेश १ मा १३ जना

शेखरचन्द्र थापा
चन्द्रप्रसाद श्रेष्ठ
ज्योती सुब्बा
लिला सुब्बा
लोकप्रसाद संग्रौला
सन्जाकुमारी दनुवार
विध्यानन्द चौधरी
प्रताप प्रकाश हाङगाम
ओम सरावगी
कल्पना कुमारी सरदार
नवोदिता कुमारी चौधरी
विन्दीया कार्की
शान्ता पौडेल

मधेस प्रदेशमा ११ जना

सरस्वती चौधरी
नरेश कुमार यादव
ओम प्रकाश शर्मा
शिवचन्द्र चौधरी
श्याम परि देवी
आशिया देवी थरूनी
शेष रसीद अली
मंजुकुमारी यादव
गीताकुमारी यादव
शोभाकुमारी लामा
प्रमिला देवी दास

वाग्मती प्रदेशमा १४ जना

मिलन श्रेष्ठ
राजेन्द्र गुरुङ
न्हुच्छे नारायण श्रेष्ठ
सन्तबहादुर प्रजा
राधा घले
जीवन डंगोल
कल्पना नेपाली
रजनी जोन्छे
राजाराम कार्की
बलराम पौडेल
भिमसेन खत्री
गिता वाग्ले
बिजुला वर्मा
विजया श्रेष्ठ केसी

गण्डकी प्रदेशमा ९ जना

दोवाटे विश्वकर्मा
कुमार खड्का
कोपीला बोहोरा
ओमकला गौतम
मणीभद्र शर्मा कंडेल
मन कुमारी गुरूङ
सरीता गुरुङ
ललितकला गुरुङ
मेखलाल श्रेष्ठ

लुम्बिनी प्रदेशमा १२ जना

भुवनेश्वर चौधरी
रमा अर्याल
निर्मला क्षेत्री
बलदेव शर्मा पाेखरेल
अर्जुन कुमार श्रेष्ठ
पुष्पा थरूनी
मो.याकुव अन्सारी
शान्तिदेवी वर्मा सोनार
रून्धावती दुवे शर्मा
रिना नेपाल वि.क.
माला गोतामे सुनार
बिरबहादुर राना

कर्णाली प्रदेशमा ५ जना

अमृता शाही
हिमबहादुर शाही
यज्ञबहादुर बीसी
दिनबन्धु श्रेष्ठ
झोवा वि.क.

सुदुरपश्चिम प्रदेशमा ८ जना

दीव्यश्वरी शाह
देवराज पाठक
गोविन्द बाेहरा
अम्वि कुमारी थापा
कुमारी नन्दा बम
श्याम लाल राना
टेकबहादुर रैका
उमा वादी