नक्कली प्रमाणपत्र बुझाएर शिक्षक बनेको आरोपमा मन्त्री पत्नीविरुद्ध भ्रष्टाचार मुद्दा

नक्कली प्रमाणपत्र बुझाएर शिक्षक बनेको आरोपमा मन्त्री पत्नीविरुद्ध भ्रष्टाचार मुद्दा


ग्लोब नेपाल
2.8k
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको धनगढी उपमहानगरपालिका ९, स्थित शिव निमावि (हाल मावि) देवरियामा कार्यरत एक शिक्षिकामाथि भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

अख्तियारले शुक्रवार शिक्षिका गीता सोडारीविरुद्ध नक्कली प्रमाणपत्र पेश गरी भ्रष्टाचार गरेको भन्दै विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो । आरोपित सोडारी सुदूरपश्चिम सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दिर्घबहादुर सोडारीकी पत्नी हुन् ।

सोडारी धनगढी उपमहानगरपालिकाको वडा नं ९ स्थित शिव माध्यमिक विद्यालय देवरिया कैलालीमा अध्यापन गर्दै आएकी छन्। उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा १ बमोजिम कैद सजाय र जरिवाना मागदाबी लिई यही असोज ७ गते विशेष अदालत काठमाडौंमा अख्तियारले मुद्दा दायर गरेको हो ।

उनले भारतबाट एउटै तहका दुई ओटा माध्यामिक शिक्षा उत्तीर्ण सरहका (कक्षा १०) शैक्षिक योग्यताका प्रमाणपत्रहरू पेश गरेकी थिइन् । उक्त प्रमाण पत्र नक्कली रहेको, आफ्नो योग्यता ढाँटी झुट्टा प्रमाणपत्र पेश गरेको, राष्ट्रसेवकको ओहदा प्राप्त गरी आफूलाई फाइदा र नेपाल सरकारलाई हानिनोक्सानी पु¥याउने बदनियत राखी भ्रष्टाचारजन्य कसूर गरेको अख्तियारको दाबी छ ।

‘२०५९ को दफा १६ को उपदफा १ मा परिभाषित झुटा प्रमाणपत्र पेस गरी भ्रषटाचार कसुर गरेको देखिँदा निज शिक्षक सोडारीलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा १ बमोजिम कैद सजाय र जरिवाना मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ’, अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुहाेस्, अख्तियारको विज्ञप्ति

जिल्ला कैलाली, श्री शिव माध्यमिक विद्यालय देवहरियामा कार्यरत प्राथमिक तह राहत शिक्षक गिता सोडारी उपर शैक्षिक योग्यताको झुट्टा (नक्कली) प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७९।०६।०७ गते ।
————————————————-

जिल्ला कैलाली, धनगढी उप-महानगरपालिका वडा नं. ९, स्थित श्री शिव निम्न माध्यमिक विद्यालय (हाल मा.वि.) देवरिया कैलालीमा कार्यरत प्राथमिक तहका राहत शिक्षक गिता सोडारीको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा श्री शिव माध्यमिक विद्यालय देवहरियामा कार्यरत प्राथमिक तह राहत शिक्षक गिता सोडारीले Board of Secondary Education, Delhi भारतबाट एउटै तहका दुई ओटा माध्यामिक शिक्षा उत्तीर्ण सरहका (कक्षा १०) शैक्षिक योग्यताका प्रमाणपत्रहरु नक्कली बनाई ल्याई आफ्नो योग्यता ढाँटी झुट्टा प्रमाणपत्र पेश गरी राष्ट्रसेवकको ओहदा प्राप्त गरी आफूलाई फाइदा र नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याउने वदनियत राखी भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि हुन आएकोले  निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) मा परिभाषित झुट्टा प्रमाणपत्र पेश गरी भष्टाचारको कसुर गरेको देखिँदा निज शिक्षक गिता सोडारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद सजाय र जरिवाना हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।