महिला लघुवित्त संस्थाले ५० प्रतिशत लाभांश वितरण गर्दै

महिला लघुवित्त संस्थाले ५० प्रतिशत लाभांश वितरण गर्दै


ग्लोब नेपाल
162
Shares

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले लाभांश दिने भएको छ । कम्पनीको मंगलबार बिहान बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ५० प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।

कम्पनीले सेयरधनीहरुका लागि ४७.५० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित २.५० प्रतिशत नगद गरी कुल ५०% लाभांश दिने निर्णय गरेको हो । प्रस्ताव गरिएको लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिने छ ।