अन्तराष्ट्रिय बजारमा पुनः बढ्यो कच्चा तेलको भाउ

अन्तराष्ट्रिय बजारमा पुनः बढ्यो कच्चा तेलको भाउ


ग्लोब नेपाल
0
Shares

काठमाडौं । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पुनः बढेको छ । पछिल्लो केही महिनादेखि निरन्तर घटिरहेको कच्चा तेलको भाउ पुनः बढेको हो ।

पछिल्लो दुई सातामै अन्तराष्ट्रिय बजारमा कच्चा तेलको भाउ प्रतिब्यारेल १० डलरले वृद्धि भएको हो । यो सँगै अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ८१ डलर नाघेको छ ।

दुई सातामै कच्चा तेलको भाउ प्रतिब्यारेल करिब १० डलर बढेको छ । यसअघि पुस २० गतेसम्म डब्लूटीआई कच्चा तेलको मूल्य प्रतिब्यारेल ७२ डलर हाराहारीमा रहेकोमा दुई सातामै प्रतिब्यारेल ८१ डलर नाघेको छ । ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ७७ डलरबाट ८६ डलर नाघेको छ । मुर्बान तेलको भाउ प्रतिब्यारेल ७६ डलरबाट ८५ डलर पुगेको छ । कच्चा तेलको मूल्य बढ्दा नेपालको ब्यापार घाटा तथा मुद्रास्फीति बढ्ने जोखिम रहन्छ ।