शिक्षामन्त्री शिशिर खनालको राजीनामा माग्दै पुत्ला दहन

शिक्षामन्त्री शिशिर खनालको राजीनामा माग्दै पुत्ला दहन


ग्लोब नेपाल
135
Shares

काठमाडौँ । नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियूले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालको पुत्ला दहन गर्दै राजीनामा माग गरेकाे छ । विद्यार्थीले आज बिहान प्रदर्शनी मार्गस्थित रत्नराज्य (आरआर) क्याम्पस अगाडि शिक्षामन्त्री खनालको पुत्ला दहन गर्दै राजीनामा माग गरेका हुन् ।

एकदेखि कक्षा पाँचसम्मको पाठ्यपुस्तक छाप्ने जिम्मा निजी संस्थालाई दिने निर्णयका विरुद्धमा अनेरास्ववियूले विरोध गरेको हो । गरिब विद्यार्थीको खिलाफमा निजीलाई पोस्ने मन्त्री खनाल शैक्षिक दलाल भएको आरोप विद्यार्थीहरूले लगाएका छन् ।