प्राकृतिक स्वर्ग

प्राकृतिक स्वर्ग



नहोस् मेरो देश
नागरिकलाई अनागरिक बनाउने
अनागरिकलाई नागरिक बनाउने
नागरिकता बेचेर घुस खाने
पासपोर्ट बेचेर मालामाल हुने

नहोस् मेरो देश
जिँउदो हात्ती बेच्ने
मृत वन्यजन्तुको अंग र मासु बेच्ने
ढुंगा, गिटी, बालुवा र माटो बेच्ने
आमाको रगत र अमृत समान जल बेच्ने

कति राम्रो प्राकृतिक स्वर्ग !
कसले बनाइरहेको छ स्वर्गलाई नर्क ?
बिक्री नहोस् हाम्रो नैतिकता कर्म र धर्म
होस् देश स्वर्गकाे पनि स्वर्ग