युक्रेनी पुरुषलाई देश छाड्न प्रतिबन्ध

युक्रेनी पुरुषलाई देश छाड्न प्रतिबन्ध



एजेन्सी । युक्रेनले आफ्ना देशका पुरुष सदस्यहरुलाई देश छोड्न निषेध गरेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सहयोगी मिखाइल पोदोलियाकले यो खबरको पुष्टि गरेका छन् ।

पुरुषहरुलाई देश छोड्ने मानव अधिकार नदिएको भन्दै आलोचना हुँदा पोदोकियाकले प्रतिरक्षा गरेका छन् ।

मंगलबार जर्मनीको सरकारी विश्व समाचार च्यानल डीडब्ल्यूलाई अन्तर्वार्ता दिँदै उनले भनेका छन्, ‘यात्रा गर्ने युक्रेनीको अधिकार छ । राज्यले दिन्छ । तर, शान्तिपूर्ण समयमा मात्रै ।’