अमेरिकाबाट पठाएको पार्सलमा भेटियो ७ किलो गाँजा

अमेरिकाबाट पठाएको पार्सलमा भेटियो ७ किलो गाँजा


ग्लोब नेपाल
2.5k
Shares

काठमाडौँ । अमेरिकाबाट नेपालमा पठाएको पार्सलमा गाँजा भेटिएको छ । अमेरिकाको लस एन्जल्स र क्यालिफोर्नियाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आएको पार्सलमा गाँजा फेला परेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।

अमेरिकाबाट आएको ६ दशमलव ९ किलो गाँजा बरामद गरिएको लागु औषध नियन्त्रण ब्युरोका एसपी चक्रराज जोशीले बताए । अमेरिकाबाट आएको पार्सल रिसिभ गर्ने एकजना भारतीय नागरिक सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत घर भएका ३० वर्षीय निमेश अशोकभाई डायनी, सर्लाहीको हरिहरपुर नगरपालिका–३ घर भएका २८ वर्षीय फैज आलम र गोरखाको गण्डकी गाउँपालिका घर भएका २३ वर्षीय रूपक अर्याल छन् ।

दुबई हुँदै काठमाडौँ पठाइएको पार्सलमा ‘होम डेकोर वाटर फाउन्डेशन र चाइल्ड गेम आइटम’ लेखिएको भएपनि भित्र गाँजा पठाएको भेटिएको छ । गाँजा कारोबारीले पार्सलमा ‘चकलेट र चाइल्ड गेम आइटम’ लेखेर अमेरिकाबाट नेपालमा पठाउने गरेको अनुसन्धानबाट थाहा भएको छ ।