दाङमा सार्वजनिक विद्युतीय गाडी सञ्चालनमा

दाङमा सार्वजनिक विद्युतीय गाडी सञ्चालनमा



दाङ । दाङमा आजदेखि सार्वजनिक विद्युतीय गाडी सञ्चालनमा आएको छ । त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रालि दाङले विद्युतीय गाडी सञ्चालनमा ल्याएको हो ।

अध्यक्ष सुरेश हमालका अनुसार पहिलो चरणमा गाडी दाङको तुलसीपुरबाट बाँकेको नेपालगञ्जसम्म चल्नेछ । अहिले एउटा गाडीले मात्रै सेवा दिने र समयपछि अन्य गाडी थप गर्ने तयारी रहेको हमालले जानकारी दिए ।

१३ जना यात्रु क्षमता भएको गाडी भाडा पाँच सय रुपैयाँ तय गरिएको छ । गाडी तुलसीपुरबाट बिहान ९ बजेर ५० मिनेटमा नेपालगञ्जका लागि छुट्ने र दिउँसो ३ बजे नेपालगञ्जबाट फर्किनेछ ।