गजल

गजल



आँखामा तिम्रा सपना बुन्ने हजार छन् ।
लाखौंमा तिमीलाई चुन्ने हजार छन् ।।

म फगत परे आफ्नो सुनाउने पात्र ।
तिमीले जे-जे भन्यौ सुन्ने हजार छन् ।।

यहाँ पीडाको पहाड हुँदा पनि पीडा दिन्छन् ।
अरूको पीडामा आफ्ना हिसाब गुन्ने हजार छन् ।।

करारमा भयो सबै हामी बिच भन्दाभन्दै ।
षड्यन्त्र गरि प्रेमी थुन्ने हजार छन् ।।

नबोलेर पनि प्रेमी बस्छ प्रेम जोगाउन ।
यहाँ पैसा अघि प्रेमनै भुल्ने हजार छन् ।।